धादिङ फागुन १४ । जिल्ला प्रहरी कार्यालय धादिङ कार्यालय परिसरबाट आएको ढलको दुर्गन्धले बजारबासीलाई सास्थी बनाएको छ ।
प्रहरी कार्यालय अगाडी रहेको होटल होटलमा मान्छेहरु खाना र खाजा खान आउन छोडेका छ्न् । सर्वसाधारण पैदल यात्रुहरु समेत प्रहरी कार्यालय अगाडी पुगेपछी नाक थुनेर हिडेको देखिन्छ ।
केहि दिन अघि जिल्ला अस्पताल र कृषि विकास बैंक सँगै जोडिएका जिल्ला कारागारको शौचालयबाट निस्कने दिशा पिसाव खुल्ला चौरमै छोडिए पछि आसपासको क्षेत्र दुर्गन्धित बनेको छ थियो ।
हाल अहिले जिल्ला प्रहरी कार्यालय परि सरमा बनेको आवास गृहको आरसिसि भवनको सेफ्टीटेङ्की सिधै नालिमा मिसाई दिएको स्थानियहरुले बताए । जसले यसै त यो मौषम स्वस्थ्य प्रतिकुल छैन । रुघा, खोकी, भाईरल ज्वरोका विरामीहरु बढी रहेका छन् यस्तो बेला प्रहरीले शौचालयको दुर्गन्ध बजार पठाई रहेको छ स्थानीयले बताए ।
सुरक्षित जिवन यापनका लागि गठित राज्यको अंग प्रहरीले नै स्वस्थ्यमा प्रतिकसल असर पर्ने गरि काम गरेको आक्रोस पोख्दै आफुहरुले पटक-पटक प्रहरीलाई शौचालय व्यवस्थित गर्न भने पनि अटेर गरको स्थानियहरुको भनाई छ ।
यस विषयमा हामी सँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय धादिङका एस.पी. राज कुमार बैदवारले भने प्रहरीले दुर्गन्ध पठाएको हैन नयाँ बनेको भवन हो, निमार्ण ठेकेदारले सुरक्षित सेफ्टीटेङ्की बनाएनछन् । ठेकदारलाई कल गरेपछि उसको प्राविधिकहरु आएर काम सुरुगरि सकेका छन् । छिटो भन्दा छिटो दुर्गन्ध नियन्त्रण गरिने छ ।