काठमाडौं फागुन १२ । आठाैं खेलकुद हाम्रो प्रदेशमा, पशिना र पाैरख आफ्नैै देशमा भन्ने मुलनाराकाे साथ प्रदेश ३ स्तरीय कबड्डी खेलकाे खेलाडी छनाैट प्रतियाेगिता काठमाडौंमा सुरुभएकाे छ ।
जिल्ला स्तरबाट छनाैट भएर आएका खेलाडीहरु सहभागी यस प्रतियाेगितामा प्रदेश ३ भित्रका जिल्लाहरु सहभागी छन् ।
फागुन १२ देखि १४ सम्म चल्ने यस प्रतियाेगितामा धादिङकाे सुरुवात चरण सुखद नभए पनि फाईनल पुग्ने लक्ष्य समाप्त नभई सकेकाे धादिङका खेल प्रशिक्षक अमृत तामाङले बताए ।
प्रशिक्षक तामाङका अनुसार धादिङ जिल्लाबाट छनाैट भई आएका खेलाडी मध्य आशा गरिएकाे एक महिला खेलाडीले प्रतियाेगितामा भाग लिन नपाएपछि महिला टाेली काभ्रे र चितवन सँग पराजित भयाे ।
पुरुष तर्फ टिम दर्ता गराएर मकवानपुर टिम खेल मैदान नआएका कारण धादिङ विजेता वने पनि दाश्राे खेल ललितपुर सँग पराजय भएकाे छ । फाईनल पुग्ने यात्रा जिवितै राखेकाे धादिङको पुरुष टिमका अबकाे खेल साेमबार बिहान ८ बजे हुनेछ ।