धादिङ फागुन १२ । फरार रहेका निलकण्ठ न.पा.४ बस्ने वर्ष ४१ का भिमसेन कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे छ ।
नक्कली प्रमाण-पत्र पेश गरी भ्रष्टचार गरेको मुद्दामा विशेष अदालत काठमाण्डौको फैसला बमोजिम ६ महिना कैद र दशहजार जरीवाना तोकिएका श्रेष्ठलाई प्रहरीले धादिङबेसी बीचबजारबाट पक्राउ गरेकाे हाे ।
धादिङ जिल्ला अदालतमा पेश गरीएकोमा निजले जरिवाना वापत लागेको रुकम रु दश हजार तिरेका उनलाई ६ महिना कैद भुक्तान लागि पक्राउ गरिएको प्रहरीले बताएको छ ।