सहिदले देखाएकाे बाटाे नै हाम्रो यात्रा -त्रिपाठी

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ११, २०७५

संजय देवकाेटा,
धादिङ फागुन ११ । सहिदले देखाएको बाटोमा निरन्तर लागि रहने प्रतिबद्धता प्रतिनिधि सभा सांसद भूमि त्रिपाठीले व्यक्त गरेका छन् ।

वेनिघाट रोराङ गाउँपालिका विशालटारमा आज आयोजित १५ औँ मजदुर बलिदान दिवस तथा सम्मान कार्यक्रम तथा बेनिघाट रोराङ गाउँ पालिका स्तरीय प्रथम अन्तर माध्यमिक विद्यालय स्तरीय मजदुर सहिद स्मृती कप रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो भनाइ व्यक्त गरेका हुन् ।

हरेक गाउँ पालिकामा यस्ताे कार्यक्रम आवश्यक भएको भन्दै सरकारको नीति कार्यक्रम र बजेटमा शैक्षिक क्षेत्रको प्रगतिका विषयमा निरन्तर लागिरहेका कुरा समेत उनले व्यक्त गरे । उहाँले बताउनु भयो ।

जनयुद्ध काल २०५९ साल फागुन ११ गते आजैका दिन कालिकोटको कोटवाडा विमानस्थल निर्माणकार्यमा खटिएका २९ जना मजदुरहरुलाई तत्कालिन शाही नेपाली सेनाले गोली हानी हत्या गरेको सम्झनामा अखिल नेपाल टे«ड युनियन महासंघले हरेक वर्ष शहिद परिवार सम्मान गर्दै आएको छ ।

उक्त घटनामा धादिङ जिल्लाका वेनिघाट रोराङ गाउँ पालिकाका १७ जना मजदुरहरुको हत्या गरिएको थियो । वेनिघाट रोराङ गाउँ पालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटीको सभापतित्वमा आयोजित उक्त समारोमा प्रतिनिधि सभा सांसद भूमि त्रिपाठीको प्रमुख आतिथ्यता, अखिल नेपाल ट्रेेड युनियन महासंघका उपाध्यक्ष सोम बहादुर थापा जिल्ला स्थित नेताहरुकाे आतिथ्यता रहेकाे थियोे ।

वेनिघाट रोराङ गाउँ पालिकाको आयोजनामा आजबाट सुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगितामा गाउँ पालिका भित्रका १५ वटा विद्यालयको सहभागिता रहेको छ ।

दौड, भलिबल, छेलो, कबड्डी, हाइ जम्प, लङ्ग जम्प लगायतका खेलहरु रहेको प्रतियोगिताको समापन यही फागुन १३ गते गरिने आयोजकले जानकारी दिएको छ ।