विकास भण्डारी,
धादिङ थाक्रे,फागुन ११ । धादिङको थाक्रे गाउँपालिका ११ मा अवस्थित एनसेल टावरमा आगजनि भएकाे छ ।
अज्ञात समुहले गरेकाे आगजनिबाट टावरमा ब्रिटिएक्स मेसिन जलेर नस्ट भएको छ ।
यस्तै सरकारलाई कर तिर्न अटेल गरिरहेको निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरे लगत्तै देशका दर्जन बढी जिल्लामा गए राति नै आक्रमण भएको छ ।
एनसेलले ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ सरकारलाई कर तिर्न बाकीँ छ ।
ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा शुक्रवार राति ८ बजेतिर शक्तिशाली बम विस्फोट हुँदा तीन जना घाईते भएका छन् । जसमध्ये एकजनाको मृत्यु भईसेको छ ।
उता राति नै रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा पनि आगजनी भयो ।
रुपन्देहीका एसपी हृदय थापाका अनुसार अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेका हुन् ।
आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताए ।
यस्तै रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । भने पोखरामा रहेको एनसेल टावरमा समेत आगजनी भएको छ ।
शुक्रबार राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको हो ।
प्रहरी कार्याल सिस्वाका अनुसार डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर नष्ट भएको हो । एनसेलको टावर जलेपछि लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको थियो ।
यता, काठमाडौँ नजिकैको काभ्रेमा पनि एनसेलको टावरमा आगजनी भएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो ।
यसैगरी राति नै बागलुङमा पनि एनसेल टावरमा आगजनि हुँदा क्षति पुगेको छ । शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी भएको छ ।
यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो । आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ ।
कन्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको टावरमा पनि विस्फफोेट र आगजनी गरि क्षति गरिएको छ ।
एनसेल ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ बक्यौता बाकीँ हुदा पनि तिर्न अटेर गरिरहेको छ ।
संसद्को अर्थ समितिको माघ २७ गते बसेको बैठकमा तथ्यांक प्रस्तुत गर्दै राजस्व सचिव लालशंकर घिमिरेले यस्तो जानकारी दिएका हुन् । समितिमा बोल्दै उनले मूल्य अभिवृद्धि कर, आयकर र गैरकर गरी ७२ अर्ब ६२ बक्यौता असुल्न बाँकी रहेको बताए ।
कुल बक्यौतामध्ये एनसेलसम्बन्धी बक्यौता (टेलिया र निरज गोबिन्दको) मात्रै ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ छ । केहिदिन अघि मात्रै सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको पूँजीगत लाभकर एनसेलबाट उठाउन आदेश दिएको थियो ।
प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको हो ।