विद्यार्थीलाई प्रहरी कार्यालय अवलोकन (फोटो फोचर)

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ११, २०७५

धादिङ फागुन ११ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीसंग एक दिन नाम दिएर विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय र प्रहरीको गतिविधि अवलोकन गराईएको छ ।

धादिङ निलकण्ठ नगरपालीका वडा नं। ३ स्थित बाल मन्दिर माध्यमिक विद्यालयका कक्षा ८ र ९ मा अध्यनरत विधार्थी र शिक्षकहरु शुक्रबार प्रहरीसंग एक दिनको कार्यक्रममा सहभागि हुँदै प्रहरीहरु कहाँ बस्छन् ? के-के काम गर्दछन् ? जस्ता विषयमा जानकारी लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङमा आमन्त्रण गरी यस कार्यालयमा रहेको प्रहरी कन्ट्रोल, प्रशासन शाखा, विशेष शाखा, महिला तथा बालबालिका सेवा केन्द्र, नागरीक सहायता कक्ष, सामुदाय-प्रहरी साझेदारी शाखा, आ।प्र। शाखा, व्यारेक, मेश लगायतका विभिन्न शाखाहरूको भ्रमण तथा अवलोकन गरी प्रहरीको काम कारबाही, आम जनतामा दिईने सेवा सुविधा तथा विभिन्न समय र परिस्थिति अनुकुलको प्रहरी पोसाकबारे जानकारी गराईएको जिप्रका धादिङका प्रवक्तारसुचना अधिकारी एवम् प्र.ना.उ. प्रकाश विष्टले धादिङपोष्टलाई बताए ।