काठमाडौ, फागुन १० । नेकपा(एमाले) र माओवादी केन्द्रवीच पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सांगठानिक एकताको लागि बनेको एकता कार्यदल भंग भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सचिवालयको वैठकले एकता कार्यदलको म्याद नथप्ने निर्णय गरेको हो । सचिवालयको वैठकमा एकता कार्यदलका संयोजक रामबहादुर थापाले एक साताको समय माग गरेपनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै कार्यदल विघटन गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेत योगेश भट्टराईले सचिवालयद्धारा गरिएको कार्यदल विघटनको निर्णयलाई दुर्भाग्यपुर्ण बताएका छन् । स्थायी समितिले निर्माण गरेको कार्यदल पार्टी सचिवालयले भंग गर्नु विधान विपरित र त्रुटीपुर्ण रहेको उनको कथन थियो ।
पार्टी एकता घोषणा भएको लामो समयसम्म पनि तल्लो तहसम्म साँगठनिक एकता हुन नसकिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लागि एकता कार्यदलको विघटन पश्चात झन् अन्यौलता सिर्जना भएको छ ।