संजय देवकोटा
धादिङ फागुन १० । टिसि स्टार नेपालले धादिङ जिल्लामा जिल्ला स्तरीय हस्तलेखन छनौट प्रतियोगिता सम्पन्न गरेको छ ।
बाल मन्दिर माध्यमिक विद्यालय नीलकण्ठ ३ धादिङमा भएको प्रतियोगितामा जिल्लाभरका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
राष्ट्रव्यापि रुपमा सञ्चालित हस्तलेखन प्रतियोगितामा जिल्ला स्तरको प्रतियोगिताबाट यही फागुन २६ गते हुने राष्ट्रिय स्तरको प्रतियोगिताको लागि विद्यार्थीहरु छनौट गरिएको जिल्ला संयोजक अनिता दुवाडीले बताईन् ।
प्रतियोगिता कार्यक्रममा विद्यालयकी प्रधान्याध्यापक हरिलक्ष्मी भुजेल, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।