धादिङ फागुन १० । सिध्दलेक गाउँपालिका वडा नं २ नलाङ चितिगाउँ बस्ने छनकुमारी श्रेष्ठको फाल्गुण ९ गते दिउसो शरिर जेलको छ ।
गरिवीका कारण पिडादायी दैनिककी गुजार्दै आएको यो परिवारमा छनकुमारीको छातीभन्दा तल आगोले जल्दा थप तनाव थपिएको छ ।
८ महिनाको बच्चा पेटमा रहेकी साथै ३ सन्तानकी आमा अहिले अन्दाजी २७ वर्षकी सुस्त मनस्थितिकी छनकुमारी बच्चालाई खाना तताउन लाग्दा जलेको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।
उनको श्रीमान अपाङ्ग छन्, गरीव परिवार, उपचार गर्न सक्ने परिवार हैन, मैले व्यक्तिगत ९ हजार दिएर पठाएको छु । अन्य साथीहरुले पनि सहयोग गर्नुभयो भने उनको उपचार हुनसक्छ पालिका अध्यक्ष सिलवालले बताए ।
आगोले डढेकी छनकुमारीलाई विहिबार राति ९ बजे काठमाडौं क्रितिपुर हस्पिटल लगिएको छ ।
उनको उपचारका लागि तपाईहाम्रो सानो सहयोग जीवनदान हुन सक्ने छ । सहयोगको लागि उनको व्यक्तिगत बैंक खाता कुमारि बैंक खाता नं A/C-0810035912300001 रहेको छ।
धादिङपोष्टलाई जानकारी भएको सहयोगिहरुको नामावली हामी धादिङपोष्ट डटकमबाट सार्वजनिक गर्ने छौं । धादिङपोष्ट डटकमको लागि सम्पर्क नारायण सिलवाल ९८५११९११८१