विप्लव नेकपा धादिङका नेताहरु रिहा

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ९, २०७५

धादिङ फागुन ९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा
धादिङ निकट तीन संगठनका अध्यक्षहरु पक्राउ परेकाे १६ दिनपछि आज रिहाई भएका छन् ।

सिद्धलेक गाउँपालिका स्थित बुङ्चुङमा बालपेन्टिङ गरिरहेकाेे अवस्थामा पक्राउ परेका युवा संगठन नेपाल धादिङ अध्यक्ष इश्वर श्रेष्ठ (चट्टान), युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा काठमाडौ अध्यक्ष कुवेर घिमिरे (सुरक्षा) र अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीका धादिङ अध्यक्ष त्रिचन्द्र देवकोटा (इच्छुक अनिश्चित) लाई १६ दिन पछि प्रहरीले रिहाई गरेकाे हाे ।

नेकपा कार्यकर्ताको धरपकड पक्राउको विरोधमा नेकपा धादिङले १ दिन धादिङ बन्द समेत गरेकाे थियाे ।

रिहाई पछि धादिङपाेष्ट सँग कुरा गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी धादिङका अध्यक्ष इच्छुक अनिश्चितले भने, हामी शान्तिपूर्ण आन्दोलनको क्रममा छौ, सरकार द्वन्द चाहि रहेकाे छ ।

पशुपति शर्माकाे एउटा गितमा आत्तिने दलाल सरकार हाम्रो देशभरकाे जन जनसमर्थनले नाअत्तीओस् पनि कसरी ? हामीलाई प्रहरी हिरासद नाैलाे हैन ।