प्याब्सन प्रदेश ३ मा धादिङबाट ४ जना निर्वाचित

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ९, २०७५

धादिङ फागुन ९ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) प्रदेश ३ को अधिबेशनबाट धादिङका ४ जना निर्वाचित भएका छन् ।

प्याब्सन प्रदेश ३ को ग्रीनल्याण्ड स्कुलका संस्थापक प्रिन्सिपल थकिन कुमार गुरुङ अध्यक्ष रहेको कार्यसमितिमा धादिङ जिल्लाको प्रतिनीधित्व गर्दै सक्सेस एकेडेमीका रामचन्द्र अर्याल सहकोषाध्यक्ष पदमा, ब्रुकहिल्स ई बो स्कुल टायलघरका सञ्जिव राई प्रदेश ३ सदस्य पदमा, गुडस्टार्ट ई बो स्कुलका हर्कबीर लामा प्रदेश ३ सदस्य पदमा र लुसिडरोज ई बो स्कुलबाट मीना प्रधान प्रदेश ३ सदस्यमा निर्वाचित भएका हुन् ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा केशव लाल श्रेष्ठ तथा उपाध्यक्षहरुमा देशबन्धु अधिकारी, मिन प्रसाद काफ्ले, विजय निरौला, जीवन कला सुब्बा र निरु ढकाल सर्वसम्मत भएका छन् ।

यसैगरि सचिवमा राममणी सापकोटा तथा सहसचिवहरुमा ऋषिराम नेपाल, अनन्तराम ढकाल, गंगामान व्यञ्जनकार, नारायण भण्डारी र ऐश्वर्या विष्ट रहेका छन् ।

निर्वाचित भएसँगै नवनिर्वाचित अध्यक्ष गुरुङले प्रदेश भित्रका निजी विद्यालयहरुको समस्याहरुलाई समाधान गर्ने तथा शिक्षणलाई अनुसन्धानात्मक पद्धतिमा लान प्रयास गर्ने बताएका थिए ।