धादिङबेसीमा डण्डी वियो प्रतियोगिता सुरु, ४३ विद्यालय सहभागी

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ५, २०७५

अमृत तामाङ
धादिङ फागुन ५ ।
धादिङबेसीमा माध्यामिक विद्यालय स्तरीय ३ दिने डण्डी बियो प्रतियोगिता सुरु भएको छ ।

जिल्लाभरका ४३ वटा माध्यामिक विद्यालयहरुले भाग लिएको डण्डी बियो प्रतियोगिता आईतबार धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा सुरुभएको हो ।

मंगलबार सम्म संचालन हुने उक्त प्रतियोगिताको पुरस्कार राशी, प्रथम ५० हजार, द्वितिय ३० हजार, तृतिय २० हजार र सान्त्वना १० हजार रहेको नेपाल स्काउट धादिङका जिल्ला समन्वय आयुक्त शिवराज सापकोटाले धादिङ पोष्टलाई बताए ।

नकआउट चरणको आजको खेलमा लापा माविले मनरुपी माविलाई ४० अंकले हराउँदै दोस्रो चरण प्रवेश गरेको छ, भने  मनरुपी मावि प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै सुनौलो भैरवी माविले अमरआर्दश मावि लाई ५९ अंकले हराउँदै दास्रो चरण प्रवेश गरेको छ, भने अमरआर्दश मावि बाहियो । आईतबार भएको अन्तिम खेल साङ्कोष माविले कालिका माविलाई ३२ अंकले हरायो ।

प्रतियोगिता सुरु हुनु अघि आयोजक नेपाल स्काउट धादिङ र डण्डी वियो संघले धादिङबेसीमा विभिन्न कला संस्कृति झल्कने गरि झाँकी प्रर्दशन गरेको थियो । विद्यालय स्तरमा भएको उक्त झाँकीमा धादिङबेसी स्थित बालमन्दिर प्रथम, धादिङबेसी कै एड्भान्स एकेडेमी द्वितिय, चिल्ड्रेनपार्क मावि तृतिय र सुनगाभा एकेडेमी सन्तोना भएका थिए ।

तस्वीरहरुः