काठमाडौं फागुन ४ । राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) नेपालको १० औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षता र नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरको प्रमुख आतिथ्यमा पुतलीसडक स्थित नेम क्याफेमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्षद्धारा फोटोपत्रकार तथा पत्रकारहरुको हक हित र कानुनी अधिकारको साथै देशभर रहेका सम्पूर्ण फोटोपत्रकारहरुलाई एकजुट भई अगाडी वढ्न सुझाव दिएका छन् ।
समुहका पूर्व अध्यक्षहरु मिनरत्न वज्रचार्य,कविन्द्रमान साक्य,राजभाई सुवाल तथा संस्थाका सल्लाहाकार जगदिस तिवारीले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा संस्थाको वार्षिक गविधिहरु सचिव नवराज श्रेष्ठद्धारा प्रस्तुत गरीएको थियो भने समुहको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लेख वहादुर श्रेष्ठले दिनुभएको थियो साथै अवको दिनका विधानमा संसोधन गरी संस्थालाई ७ वटा प्रादेशिक संरचनामा लाने निणर्य समेत गरिएको छ भने उक्त साधारण सभावाट पूर्व अध्यक्ष ध्रुवआले,सदस्य द्धय हरि रेग्मी र सागर श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने साधारण सभाले निणर्य पारित समेत गर्यो ।