धादिङबेसीमा कण्डम दिवस यसरी मनाईयो

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २, २०७५

धादिङ फागुन २ । धादिङबेसीमा “रोग नलागेकालाई लाग्न नदिउ, लाग्नेलाई बचाउ,” भन्ने मुल नाराका साथ कण्डम दिवस मनाईएको छ ।

सन् २००९ सालबाट सुरुभएको अन्तराट्रिय कन्डम दिबस धादिङमा पनि बुधबार धादिङ प्लसको आयोजनामा धादिङबेसीमा सम्पन्न भएको हो ।

निःशुल्क एच.आई.भी. परिक्षण तथा परामर्श शिविर कार्यक्रम गरि जिल्ला अस्पताल धादिङमा सम्पन्न कण्डम दिवसमा कण्डमको प्रयोग बारे बताईएको थियो । बि.स.२०६४ सालमा स्थापना भएको धादिङ प्लासले एच.आई.भी. लागेका मानिसलाई परामर्श तथा निःशुल्क औँषधी बितरण गर्दै आईरहेको संस्थापक चन्द« प्रकाश गुरुङले बताए ।

पहिलेको तुलनामा अहिले एच.आई.भी. संक्रमण भएको मानिसमा आफु खुलेर अस्पताल तथा संस्थामा आउनेको सङ्ख्यामा बृदि भएको समेत उनले बताए ।

यस दिवसको अवसरमा युनिक मिडियाद्धारा जिल्ला अस्पतालको प्राङ्गणमा जन–चेतनामूलक सडक नाटक समेत प्रदर्शन गरेको थियो ।