धादिङ फागुन २ । नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमलाले आफुले चुनावमा गरेका प्रतिवद्धता पुरा गर्दै आएको बताएका छन् ।
पयार्वरण संरक्षण मञ्च नेपालका संस्थापक अध्यक्ष समेत रहेका रमेश धमलाले नेत्रावति डोबजोङ गाउँ पालिकामा निमार्ण भएको हजारे सामुदायिक भवन उद्घाटन तथा समुदायलाई हस्तान्तरण गर्दै आफु जे बोल्छु, त्यो पुरा गर्छु चुनावमा हार जित स्वभाविक हो आफुले बोलेका कुरा पुरा गरेरै छाड्ने बताएका हुन् ।
कोरियन संस्थाको सहयोगमा पर्यावरण संरक्षण मञ्च नेपालले ६० लाख लगानी गर्दै बनाएको सामुदायिक भवन बुधबार सम्पन्न उद्घाटन कार्याक्रममा नेत्रावति डोबजोङ गाउँपालिका प्रमुख दुर्गा कुमार शाक्य, नेपाली काङ्ग्रेस धादिङका महाधिवेशन प्रतिनिधि एंव पर्यावरण संरक्षण मञ्च नेपाल का अध्यक्ष राकेश धमला र कोरियन बिशिस्ट अतिथिको आतिथ्यता रहेको थियो ।