धादिङ फागुन १ । नेकपा एमाले र माओवादी केन्द्रले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले धादिङबेसीमा जनयुद्ध र जनआन्दोलन दिवस मनाएका छन् ।
धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा २४ औं जनयुद्ध, जनआन्दोलन तथा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध र जनआन्दोलन दिवस मनाएका हुन् ।
पूर्व माओवादी केन्द्रका नेताहरुले सहिदको बलिदानीको नेकपाले उच्च मुल्याङ्कन गर्दै जनयुद्ध जनआन्दोलन देशभरि मनाएको बताए ।
जनयुद्ध जनआन्दोलन दिवसमा रक्तदान
अनेरास्ववियु र अखिल क्रान्तिकारीले जनयुद्ध जनआन्दोलन दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र धादिङको सहयोगमा भएको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।