धादिङ फागुन १ । वि. स. २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धको स्मरण गरी नेपालमा विभिन्न कार्यक्रम गर्दै नेपाल कम्युनिस्टले देशैभरि बुधबार उत्सवका रूपमा मनाउँदैछ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले ‘महान् जनयुद्धको २४ औँ वार्षिकोत्सवका सुअवसरमा सम्पूर्ण जनता, आदरणीय सहिद परिवार, जनक्रान्तिका बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरू, पार्टीका नेता र कार्यकर्ताहरूमा गौरवपूर्ण एवम्् भावपूर्ण शुभकामना व्यक्त गरेका छन् ।’
साम्यवादी विचार नै जनयुद्धको विचार रहेको उल्लेख गर्दै विप्लवल विज्ञप्तीमा भनेका छन्, ‘महान् साम्यवादी उत्कृष्ठ एवम्् अजम्मरी विचार महान्् जनयुद्ध र जनयुद्धका सहिद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागी जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको र जनयुद्धको सपना र आदर्शलाई नेकपाले पुरा गर्ने छ ।
महासचिव विप्लवले सबैलाई एकीकृत जनक्रान्तिमा हातेमालो गर्न पनि अपिल गर्दै विप्लवले ‘नेपाली क्रान्तिकारीहरूको भविष्य उज्ज््वल रहेको भन्दै क्रान्ति अवश्यम्भाबी बन्दै गएको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।
नेकपाले सबै क्षेत्रमा जनयुद्ध दिवस र सहिद सप्ताह मनाउन निर्देशन दिएको बताइएको छ । अहिले नेकपा देशव्यापी रूपमा सङ्गठन सुदृढ तथा विस्तार अभियानमा रहेको छ ।
उनीहरूले चलाएको अभियानमा देशव्यापी रूपमा जनता सङ्गठित भैरहेका समाचार प्राप्त भएका छन् । काठमाडौंलगायत मुख्य सहर, जिल्ला र गाउँगाउँसम्म बुधबार जनयुद्ध दिवस सभा र जुलुस गरेर मनाइने नेकपाले जनाएको छ ।