बूढीगण्डकी कमिशनखोरहरुको चक्कर -डा. भट्टराई

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २९, २०७५

धादिङ माघ २९ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनामा मुख्य पार्टीका तीनवटा शीर्ष नेताले कमिशन खाएको बताएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालद्वारा मध्यपहाडी पुष्पलाल लोकमार्गमा आयोजित जनसंवाद यात्रा २०७५ अन्तर्गत मंगलबार आरुघाटमा आयोजित अन्तरक्रियामा बोल्दै उनले बूढीगण्डकी कमिशनखोरहरुको चक्करमा परेको बताएका हुन् ।

क्रान्तिको रापताप सेलाएपछि सत्तामा पुगेपछि पाशविक प्रवृत्ति बढ्दो रहेछ, भट्टराईले भने म व्यक्तिलाई दोष दिन्न तर पाशविक प्रवृत्ति नरोके जो पनि बिग्रन सक्छ यहिले त्यहि भएको छ ।

बूढीगण्डकी तीनवटै पार्टीका ठूला नेताहरु मुछिएका छन्, त्यसैले यो परियोजनालाई भकूण्डो खेलेजस्तो गरिरहेका छन् । कहिले यता फाल्ने कहिले उता फाल्ने गरेर अलपत्र पारिरहेका छन् ।