नेवि संघ धादिङको अध्यक्षको विवाद झनै चुलियो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २९, २०७५

धादिङ माघ २९ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ धादिङको जिल्ला अध्यक्षमा केन्द्रबाट २ जना अध्यक्षहरुलाई जिम्मेवारी दिएको पत्र आए सँगै विवादले उग्र रुप लिएको छ ।

माघ ७ र ८ गते धादिङबेसीमा अधिवेशन उद्घाटन भएपनि अध्यक्ष लगायत पदाधिकारी पदमा सहमतिका आधारमा कस्लाई अध्यक्ष बनाउने विवाद हल हुन नसक्दा नेपाली काँग्रेस पार्टीले हस्तक्षप गरि अधिवेशन स्थगित गरेको थियो ।

अधिवेशन स्थगित भएको २० दिन पछि अध्यक्षको जिम्मेवारी केन्द्रिय समितिका अध्यक्ष नैनसिंह महरले सुवास बिसुराललाई दिईएको पत्र पठाएका थिए ।

सुवास बिसुराल नेवि संघ धादिङको अध्यक्ष बनेको हल्ला सँगै केहि घण्टामा नै केन्द्रिय प्रतिनीधि तथा केन्द्रिय सदस्य लक्ष्मण पन्थीले भिम भट्टलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिईएको पत्र पठाएका थिए ।

को हो आधिकारीक अध्यक्ष ? हामीले नि वर्तमान अध्यक्ष इश्वर अधिकारीलाई प्रश्न गर्दा अहिले नेवि संघ आन्तरिक संक्रमण भएको पक्कै हो । आफु निकट नेताहरुको लविङमा अध्यक्षको जिम्मेवारी दिएका पत्रहरु अरु पनि आउँदै होलान् यो नौलो नभएको भन्दै यो केहि दिनमा आधिकारीक अध्यक्ष को हुन टुङ्गिने बताए ।

१४ औं जिल्ला अधिवेशनमा अध्यक्षको लागि दावेदारी गर्नेहरु भिमप्रसाद भट्ट, रुवि भट्टराई, डेविड घले, अमृता अर्याल, सुवास विसुराल, लक्ष्मि सिल्वाल, श्रीराम खतिवडा लगायतका थिए ।

को हुन् आधिकारीक अध्यक्ष