पोखरा, माघ २८ । आफ्नो गाउँ आफै बनाऔं, भन्ने सरकारको नारा छ तर आफ्नो गाउँ टोलमा विकास गर्न वडा अध्यक्षले नै दिएनन् ।
जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधिले नै बिकास र्निमाणका कार्य रोक्न उद्धत हुने कुरा बिरलै हुन्छन । यस्तै भएको छ, कास्कीको पोखरा महानगरपालिका वडा नं ५ सिमाना मार्ग बासटारी धारापानी बाटो र्निमाण कार्यमा ।
स्थानियहरु आफै उपभोक्त समिति गठन गरि आफ्नै लागतमा बासटारी धारापानी बाटो र्निमाण गर्न कसिए तर वडा अध्यक्ष धन बहादुर नेपाली र वडा सदस्य अन्जु के.सी ले स्थानियलाई अवरोध गरि रहेका छन् ।
महानगरपालिकाका प्राबिधिकले तयार पारेको लागत स्टीमेटका आधारमा पचास प्रतिशत महानगरको अनुदान शिर्षकमा र्निमाण संझौता भई बाटो र्निमाणको काम पनि अगाडी बढीसके पछि वडाले हस्तक्षेप गरि र्निमाण कार्य रोकेको बाहिर आएको छ ।
महानगरपालिकोको लागत भन्दा बढी रकम खर्च गर्ने गरि काम र्निमाण भैसकेको अबस्थामा एकाएक वडाले र्निमाण कार्यमा रोक लगाउनु आश्चर्यको कुरा भएको बाटो उपभोक्ता समितिका अध्यक्ष युवराज खतिवडाले बताए । आफुहरु पटक-पटक महानगर र वडामा ताकेता गर्दा पनि वडाले आवस्यक समन्वय गर्नुको साटो कुनै पनि हालतमा र्निमाण अगाडी नबढाउनु भन्ने आदेश गरेपछि उपभोक्ताहरु आफ्न टोलको विकास निमार्ण गर्न आफ्ठ्यारोमा परेको बताए ।
उक्त क्षेत्र अहिलेसम्म महानगरपालिका भए पनि ओझेलमा पर्दे आएको र अहिले बाटो र्निमाण कार्य आरम्भ हुँदा स्थानिय खुशि भए पनि वडाले र्निमाण रोकेको उपभोक्ता समितिका अध्यक्ष खतिवडाले आरोप लगाए ।
सोमबार उपभोत्ता र वडा अध्यक्ष तथा वडा सदस्य अन्जु के.सी सहितको संयुक्त छलफलमा वडा अध्यक्ष धनबहादुर नेपालीले बाटो र्निमाण कार्य अगाडी बढाउन आफुहरु सहमत नभएको स्पष्ट पारे । अध्यक्ष नेपालीले उपभोत्ता समिती परिबर्तन गरेर मात्र काम गर्ने पनि बताए । महानगरपालिकाको प्रबत्ता समेत रहेका नेपालीले युवराज खतिवडाको टिमलाई काम गर्न दिन आफु तयार नभएको जानकारी दिए ।
अध्यक्ष खतिवाडाले भने महानगरले दिएको पचास प्रतिशत रकम र उपभोत्ताले दिएको केही रकममा अपुग भए आफुहरुले ब्यात्तीगत रुपमा खर्च गर्न तयार हुँदा समेत वडाले बखेडा निकालेको बताए । आफुहरु समाजसेवा गर्छू भन्दा वडाअध्यक्ष रिसले डुबेको उनको भनाई छ ।
योजनामा कमिसन माग्ने र नपाए अनेक बखेडा निकाल्ने परम्परामा वडा अध्यक्ष र वडा सदस्य लागि परेको खतिवडाको आरोप छ । उनले वडा सदस्य अन्जुले आफु संग प्रति कामदार एक सय रुपैया कमिसन मागेको आरोप समेत लगाएका छन । उनिहरुले मागेको कमिसन दिन आफु तयार नभएपछि बिभिन्न बाहना बनाएको खतिवडा बताउँछन् ।
वडा सदस्य अन्जुले आफ्नो घर अगाडी पनि तोकेको मापदण्ड अनुसार भत्काउन रोक लगाएको बिषय पनि केही समय अगाडी बाहिर आएको खतिवडाको भनाई छ । नागरीकले आफ्नो घर वरपर बाटो र्निमाण गर्छू भन्दा पनि रोक लगाउने जनताको प्रतिनिधि हुन नसक्ने भन्दै वडा कार्यलयमा अन्य उपभोत्ताहरु पनि आक्रोशित भएका थिए ।
खतिवडालाई देखाएर आफुहरुको बिकास रोक्न खाजेको भन्दै, उपभोक्ता समितीका उपाध्यक्ष योगराज पौडेलले आपत्ती जनाए । बिकास रोक्नका लागि जनप्रतिनिधि आएको हो जस्तो हामिलाई लाग्दैन, बिकास गर्नको लागि आएको भएत जनताले र्निमाण सुरु गरेको योजना लथालिङ्ग पार्न लाग्नु हुन्थेन, पौडेलले भने ।
छलफलमा स्थानिय सुभद्रा कोईरालाले बिकासको काममा हातेमालो गनूृको साटो अनाबस्यक कुरा गर्नु वाईयात कुरा भएको बताईन । स्थानिय बिष्णु गौतमले बर्षोसम्म पछि परेको स्थानमा बिकास हुदा समर्थन गर्नको साटो बिकास रोक्ने हास्यास्पद कुरा भएको बताए ।
खतिबडालाई हुदैन: वडा अध्यक्ष नेपाली
पोखरा महानगरपालिका प्रबक्ता तथा वडा नं. ५ का वडाअध्यक्ष धनबहादुर नेपालीले बाटो र्निमाणको काममा युवराज खतिवडालाई कुनै पनि हालतमा नदिने जानकारी दिए । उपभोक्ता समित परिबर्तन गरेर काम गर्ने उनको भनाई छ । वडाअध्यक्ष नेपालले खतिवडाले पर्ति जग्गामा घर बनाएको र महानगरको आदेश उल्लंघन गरेकाले उनले बाटो समेत बनाउन नपाउने दावि गरे ।
बाटो र्निमाण र खतिवडाको घर संग के संबन्ध छ भन्ने बिषयमा उनले त्यो आफुहरुको निजि कुरा भएकाले स्पष्टीकरणको आबस्यकता नभएको दावि गरे । अन्य घरहरु भत्काउने बिषयमा पनि वडाअध्यक्ष नेपालीले आफुहरुको ब्यात्तिगत चाहनामा भर पर्ने भएकाले जवाफ दिईरहन नपर्ने दावि गरे ।
कानुन सबैलाई लाग्नु पर्ने हैन? भन्ने स्थानियको प्रश्नमा समेत वडाअध्यक्ष नेपालली त्यो बिषयमा आफु प्रबेश नगर्ने भन्दै जवाफ दिएनन् । खतिवाडको घर भत्काएर पनि आफुहरु बाटो र्निमाणमा खतिवडा संग सहकार्य गर्ने कुरामा सहमत नभएको वडाअध्यक्ष नेपालीले छलफलको क्रममा स्पष्ट पारे ।
हालसम्म र्निमाण भएको बाटोको खर्च खतिवडा आफैले गरेका छन् । सोे क्षेत्रमा हालसम्म करिव करोड बराबर लगानी भैसकेको खतिवडाले दावि गरेका छन् । प्राबिधिक हिसाबले चेकजाँच गर्न पर्ने भएपनि आफुहरु जुनसुकै बेला तयार भएको पनि उनि बताउछन् । निजि लगानीमा समुदायको सहमतिमा बिकासको काम गर्दा समेत अनेक बाहाना बनाउदा आफुलाई अत्यन्त दुःख लागेको उनले गुनासो गरेका छन् ।
वडाअध्यक्ष नेपालीले खतिवडालाई निषेध गरेपनि उपभोत्ताहरु भने खतिवडा कै पक्षमा देखिएका छन् । उनिहरु निजि लगानीमा बिकास गर्न चाहनेलाई रोक्नेहरु नै गलत भएको छलफलमा सहभागि स्थानियले एकै स्वर गरेका थिए । एउटा व्यक्ति कै पछाडी वडा कार्यालय किन लागेका छन् ? यो रहश्य भने बाहिरिन सकेको छैन ।