धादिङ माघ २७ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले शैक्षिक सुगन्ध धादिङ बोर्डिङबाट सिक्नु पर्ने बताएका छन् ।
धादिङबेसी स्थित धादिङ आवासिय माध्यामिक विद्यालय (धादिङ बोर्डिङ) को २२ औं वार्षिक उत्सव तथा अभिभावक दिवसका प्रमुख अतिथि समेत रहेका ढुङ्गानाले धादिङका अन्य सरकारी तथा गैर सरकारी विद्यालयलाई इङ्कित गर्दै, भने धादिङ बोर्डिङ नेपालका ७ निजी विद्यालय भित्र परेको इतिहास सुरक्षित रहेको बताउँदै यस वोर्डिङबाट अन्य विद्यालयहरुले पनि अनुसरण गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मेयर ढुङ्गानाले धादिङ बोर्डिङले गरेको प्रगतिमा आफू खुसी भएको बताउदै नगरपालिकाले विशिष्ट खालको शिक्षा नीति बनाएको र नीजि विद्यालयहरुलाई पनि विभिन्न कार्यक्रमहरुमा सहभागि गराउदै लगिएको बताए ।
यस्तै विद्यालयको उन्नति प्रगतिमा आफ्नो तर्फबाट र नीलकण्ठ नगरपालिकाको तर्फबाट गर्न सकिने सहयोगका लागि आफू सदैब सकारात्मक रहेको बताएका थिए ।
तीन डाक्टर सम्मानित
वार्षिक उत्सव तथा अभिभावक दिवस धादिङ बोर्डिङबाट अध्यापन सुरुगरेका तीन जना डाक्टरहरुलाई सम्मानित गरिएको थियो । यस वर्ष सम्मानित हुने पूर्व विद्यार्थीहरुमा डा. लक्ष्मण अर्याल, डा. राम अर्याल र रामचन्द्र रिजाल थिए ।
पूर्व विद्यार्थीहरु सरस्वती श्रेष्ठ (एस्एलसी जिल्ला प्रथम, पिनाकल कलेज प्रथम, भारतको युनिभर्सिटी टप), किरण अधिकारी (अन्तराष्ट्रिय खोज विज्ञान सँग सम्बन्धीत नासामा समेत कार्य गरेका), सुरेश श्रेष्ठ (पाईलट, नेपाली सेना), युनिक लोहनी (कानुनी अधिकृत) लगायत दर्जनौं इन्जिनियरहरुलाई निमन्त्रण गरेका थियौ तर कार्यव्यस्ततो आउन नसकेको विद्यालयका प्रिन्सिपल हरि लम्सालले बताएका थिए ।
प्रिन्सिपल लम्सालका अनुसार यसै वर्ष कार्यान्वयन गरिने योजना
१. नृत्य कक्षा (सुरुभैसकेको)
२. संस्कृत भाषाको विषय पढाइने
३. नेवारी भाषाको विषय पढाईने
४. तामाङ भाषा विषय पढाइने
५. प्रयोगात्मत शिक्षाका विषय पढाइने
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठ, शिक्षासेवी शम्भु कुमार श्रेष्ठ, स्रोत व्यक्ति ईश्वर कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष होमनाथ रिजाल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
विद्याकी देवी सरस्वती पूजाको अवसरमा कार्यक्रममा हरेक वर्ष झै यस वर्ष पनि मौलिक लोक भजन, देशका सात वटै प्रदेश झल्कने झाकी सहितको प्रदर्शनी, लोक नृत्य, गायन, नाटक लगायत विभिद सांस्कृतिक प्रस्तुति रहेको थियो ।
यस्तै अक्षरारम्भ कार्यक्रमको अवसर पारी कक्षा नर्सरीमा नयाँ भर्ना हुने विद्यार्थीहरुलाई भर्ना शुल्कमा छुट र निःशुल्क स्कुल व्याग प्रदान गरिएको थियो । अक्षरारम्भ कार्यक्रममा आज ५० जना भन्दा बढी नयाँ विद्यार्थीहरुले भर्ना गरेका थिए ।
कार्यक्रमकै अवसरमा विद्यालयको शैक्षिक शत्र २०७४ मा कक्षा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण, अभिभावकहरुका लागि चिठ्ठा कार्यक्रम पनि गरिएको थियो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक हरि लम्सालले धादिङ बोर्डिङबाट पास आउट भइ विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरुलाई सम्मानका साथै उत्कृष्ठ अभिभावक सम्मान गर्नु भएको थियो । उत्कृष्ठ वर्ष शिक्षकमा विद्यालयका शिक्षक दिपक श्रेष्ठ, अपिल कोइराला र रञ्जना रिजाल सम्मानित भएका थिए ।