धादिङ माघ २५ । धादिङबाट पक्राउ परेका तीन जनाकाे बिना सर्त रिहाइको माग गर्दै आज धादिङ बन्द गरेकाे विप्लव नेतृत्वकाे नेकपाले सिद्धलेक कालिदहमा बन्द उल्लङ्घन गरेकाे भन्दै लएपी ट्रक टाेडफाेड गरेका छन् ।
बिहिवार विज्ञप्ति जारि गर्दै नेकपाले माघ २५ गते हुने धादिङ बन्द सफल पार्न सबैलाई आग्रह गरेकाे थियाे । यतिबेला धादिङबाट चल्ने कुनै पनि सवारी साधन चलेका छैनन् भने पसलहरु समे बन्द रहेका छन् ।