धादिङ माघ २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट तीन संगठनका अध्यक्षहरुलाई सिद्धलेक गाउँपालिका स्थित बुङ्चुङबाट प्रहरीले पक्राउ गरि पछि नेकपा धादिङले कडा विज्ञप्ती जारी गरेको छ ।
जिल्ला सेक्रेटरी बुद्धले एक विज्ञप्ती जारी गर्दै भनेका छन् विना सर्त रिहा नगरे उत्पन्न परिस्थ्तिको जिम्मेवार नालायक सरकारले लिनु पर्ने छ ।
बुधबार बुङ्चुङबाट नेकपा केन्द्रीय मध्य कमाण्डको पश्चिम तामसालिङ ब्यूरो अन्तरगत धादिङ नुवाकोट अधियानको क्रममा नारा लेख्दै गर्दा, युवा संगठन नेपाल धादिङ अध्यक्ष इश्वर श्रेष्ठ (चट्टान), युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा काठमाडौ अध्यक्ष कुवेर घिमिरे (सुरक्षा) र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनयन महासंघ धादिङका अध्यक्ष त्रिचन्द्र देवकोटा (इच्छुक अनिश्चित) लाई पक्राउ परेका थिए ।
विज्ञप्ती जस्ताको तस्तैः