धादिङ माघ २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट तीन संगठनका अध्यक्षहरुलाई सिद्धलेक गाउँपालिका स्थित बुङ्चुङबाट प्रहरीले पक्राउ गरेको छ ।
पार्टीको नाराहरु बुङ्चुङमा वाल पेन्टिङ गरि रहेका युवा संगठन नेपाल धादिङ अध्यक्ष इश्वर श्रेष्ठ (चट्टान), युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा काठमाडौ अध्यक्ष कुवेर घिमिरे (सुरक्षा) र अखिल नेपाल ट्रेड यसनयन महासंघ क्रान्तिकारीका धादिङ अध्यक्ष त्रिचन्द्र देवकोटा (इच्छुक अनिश्चित) लाई प्रहरीले बुधबार अप्रहान्न ३ बजे पक्राउ गरेको नेकपा धादिङका सेक्रेटरी बुद्धले बताए ।
नेकपा कार्यकर्ताको धरपकड पक्राउको विरोध गर्दै सक्रेटरी बुद्धले यो नक्कली कम्युनिष्टहरुको सरकारले जनताले शान्तिपुर्ण विरोध गर्न पाउने अधिकार माथि बन्देज लगाउन सुरु गरेको बताए । हामी शान्तिपूर्ण आन्दोलनको क्रममा छौ, सरकार द्वन्द चाहि रहेको छ । हाम्रा कार्यकर्ताहरुलाई विना सर्त रिहाई नगरे आन्दोलनको स्वरुप परिवर्तन हुन सक्ने समेत सेक्रेटरी बुद्धले बताए ।