धादिङमा सोनाम ल्होसार मनाईयो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २२, २०७५

संजय देवकोटा
धादिङ माघ २२ ।
तामाङ समुदायले सोनाम ल्होसारको प्रवद्र्धन हाम्रो सांस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक आधार भन्ने मूल नाराका साथ नयाँ वर्ष २८ सय ५५ औँ मनाएका छन् ।

सोनाम ल्होसार (फागु ल्हो) बदेल वर्गको अवसरमा आयोजित वृहत ल्होसार सांस्कृतिक महोत्सव धादिङबेसीमा तामाङ समुदायले मनाएका हुन् ।

नेपाल तामाङ घेदुङ धादिङले आयोजना गरेको कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रिय अध्यक्ष परशुराम तामाङको प्रमुख आतिथ्यता, पूर्व मन्त्री दिलमान पाख्रिन, प्रतिनिधि सभा सांसद खेम लोहनी, प्रदेश सांसद जगत सिंखडा, नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमला, काङ्ग्रेस नेता रामनाथ अधिकारी, नेकपा नेता राम बहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममाा तामाङ कलाकारहरु टिका चोथेन, विकल लामा, डोल्मा मनाङथेन लगायतको बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा तामाङ संस्कृति झल्किने झाकी प्रस्तुत गरिनुका साथै पुछारबजारबाट लामा नाँच र झाकी सहितको ¥याली निकालिएको थियोे ।

यस्तै सोनाम ल्होसारकै अवसर पारी नीलकण्ठ १४ धुवाकोटमा भगेरी युवा क्लबको आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारहरु राकेश गुरुङ, सीता लामा, सैलेश वाइबा लगायतको बेजोड साङ्गितिक प्रस्तुति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ढुङ्गानाले नगरपालिकाले बजेट विनियोजन गर्दा धुवाकोटलाई विशेष महत्त्व दिइएको र खानेपानी सडक, सञ्चार, कृषि लगायतका क्षेत्रमा जोड दिदै आर्थिक उपार्जनको लागि ४ हजार भन्दा बढी युवाहरुलाई रोजगार बनाउने लक्ष्य रहेको बताउनु भयो । यस्तै किसानहरुले पशु विमा गर्दा आधा रकम नगरपालिकाले व्यहोर्ने कुरा समेत जानकारी गराउनु भयो ।