धादिङ माघ २२ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) निकट दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले दिपक तामाङको उपचारका लागि ४३ हजार एक सय पाँच प्रदान छन् ।
गजुरी गाउँपालिका वडा नम्बर ७ का दिपक तामाङ विगत GBS (Guillian Barre Syndrome) नामक रोगबाट पिडित थिए ।
पारिवारिक अवस्था कमजोर रहेका तामाङको उपचारमा सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य सन्तोष रानाक्षेत्रीले बताए ।
कक्षा ६ मा अध्यायनरत १४ बर्षिय तामाङको उपचारका लागि संकलित उक्त रकमको चेक आईतबार आदर्श बहुमुखि क्याम्पस गजुरीमा एक कार्यक्रमका बीच दिपक तामाङका बुवा लाल बहादुर तामाङलाइ अनेरास्ववियु केन्द्रिय कमिटिका उपाध्यक्ष रश्मि आचार्याले हस्तान्तरण गरेकि थिईन् ।