कम्यूनिष्ट अधिनायकवाद विरुद्ध काँग्रेस सडकमा -धमला (फोटो फिचर)

Avatar photo
Dhadingpost
सोमवार, माघ २१, २०७५

धादिङ माघ २१ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले कम्युनिष्ट अधिनायकवाद सुरुभएको विरुद्ध काँग्रेस सडकमा आएको बताएका छन् ।

नेपाली काँग्रेस धादिङले सरकारको विरोध गर्दै धादिङबेसीमा गरेको विरोध र्याली पछि भएको कोणसभालाई सम्बोधन गर्दै सभापति धमलाले दुई तिहाईको दम्भमा रहेको नेकपा सरकारको अधिनायकवाद विरुद्ध काँग्रेस सडकमा आएको बताएका हुन् ।

उनले पूर्व एमाले र माओवादीको घोषणा पत्र एक पटक पढ्न र सरकारको काम कार्वाही निगाल्न जनतालाई आग्रह गर्दै बहुमतको आडमा जनतालाई महंगी, भ्रष्ट्रचार, असुरक्षा थोपरेको आरोप लगाए ।

हिजोको बजार भाउ र आजको बजार भाउ आकाश पताल फरक रहेको, जनतालाई अनावश्यक कर थुपरेको, वाइडबडी विमान खरिद प्रकरणमा सरकारले भ्रष्टाचार गरेको र दुईतिहाईको कम्युनिष्ट अधिनायवादको दम्भमा सरकार अगाडी बढेको आरोपल गाउँदै जनताको अधिकारका लागि काँग्रेस सडकमा आएको समेत धमलाले बताए ।

कार्यक्रममा पूर्व मन्त्री दिनमान पाख्रिन, रामनाथ अधिकारी भिम प्रसाद ढुङ्गाना, नेवि संघ अध्यक्ष इश्वर अधिकारी लगायतले सम्बोधन गरेका थिए ।

कोण सभा अघि काँग्रेस नेता कार्यकर्ताहरु धादिङबेसी पुछारबजारमा भेला भएर बीचबजार क्याम्पसचोक सम्म नारा जुलुस सहित र्याली गरेका थिए ।