माघ २२ गते सार्वजनिक बिदा

Avatar photo
Dhadingpost
आइतवार, माघ २०, २०७५

धादिङ माघ २० । धादिङ सहित प्रदेश नं. ३ भित्र पर्ने सबै जिल्लाहरुमा माघ २२ गते सार्वजनिक विदा हुने भएको छ ।

प्रदेश सरकार मन्त्रीपरिषदको निर्णय अनुसार माघ २२ गते मंगलबार ३ नं प्रदेशमा तामाङ जातिको सोनाम ल्होछार पर्वको अवसरमा माघ २२ गते सार्वजनिक विदा हुने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरि सो दिन प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदाको निर्णय भएको जनाएको छ ।

धादिङबेसिमा माघ २२ गते हुन लागेकाे तामाङ समुदायकाे नयाँ वर्ष विशेष कार्यक्रम ल्हाेछार कार्यक्रममा तामाङ जनजाति आन्दोलनका अगुवा परशुराम तामाङ आउने भएका छन् ।

धादिङ ल्हाेसारमा परशुराम तामाङ आउने