धादिङबेसीमा एनसेल विरुद्ध गर्जिए अर्पण तामाङ

Avatar photo
Dhadingpost
आइतवार, माघ २०, २०७५

धादिङ माघ २० । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) धादिङले एनसेलले कर छली गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी) धादिङका अध्यक्ष अर्पण तामाङको नेतृत्वमा धादिङबेसीमा एनसेलमा भएको भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन भएको हो ।

धादिङबेसी बीचबजारमा भएको विरोध प्रदर्शनमा जिल्ला अध्यक्ष तामाङले सरकारको आडमा एनसेलले ७२ अर्ब कर छली गरेको आरोप लगाएका थिए ।

मुलुक रबी लामिछाने र ध्रुमुस सन्तलीले चलाउने भए सरकार किन चाहियो ? कतिथ नेकपा भनिएकाहरुको सरकारले भ्रष्टहरुको पक्ष पोषण गरेको भन्दै सरकारको कडा आलोचना गरेका थिए । उनले भ्रष्टाचारको चरम उत्कर्षमा पुगेको र जनता अब कालो मोसो लिएर बस्नु पर्ने समेत बताएका थिए ।