धादिङ माघ १७ । धादिङबेसिमा माघ २२ गते हुन लागेकाे तामाङ समुदायकाे नयाँ वर्ष विशेष कार्यक्रम ल्हाेछार कार्यक्रममा तामाङ जनजाति आन्दोलनका अगुवा परशुराम तामाङ आउने भएका छन् ।
सोनाम ल्होछार फाग ल्हो बदेल वर्ग प्रवेशकाे अवसरमा हुन लागेकाे उक्त तामाङ घेदुङकाेे आयाेजनामा हुन लागेकाे उक्त कार्यक्रममा प्रमुख अतिथि बनेर आउन लागेका नेकपाका केन्द्रीय सदस्य समेत रहेका परशुराम तामाङकाे बारे शुकलामा तामाङ भन्छन्- नेपालको राजनीतिक र सामाजिक आन्दोलनको चिरपरिचित नाम हो पर्शुराम तामाङ उनी २०२९ साल देखि निरन्तर सामाजिक गतिविधिमा संलग्न छन् ।
उनी आदिवासी जनजाति महासंघको संस्थापक महासचिव तथा अध्यक्ष, तामाङ अल्पसंख्यक र आदिवासी जनजाति (इन्डिजेनस पिपुल्स) को दक्षिण एसिया सदस्य तथा इन्टरनेसनल एलाइन्स अफ इन्डिजेनस एन्ड ट्रपिकल फोरेस्टका दक्षिण एसियाका कार्यकारी प्रमुख भएका थिए ।
एसिया महादेशका आदिवासी जनजातिका तर्फबाट संयुक्त राष्ट्रसंघीय आदिवासी फोरममा दुईपटक निर्वाचित उपाध्यक्ष समेत भएका तामाङ जातिको जातीय संस्था तामाङ घेदुङकाेे संस्थापक अध्यक्ष तथा आदिवासी जनजाति आन्दोलनका अगुवा भएकै कारण प्रमुख अतिथि बनाएर ल्याउन लागिएकाे हाेे ।