काठमाडौं, मंसिर ९ । काठमाडौंको नयाँ बानेश्वरस्थित सुकुम्बासी टोलमा भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ ।
यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भएका मनिष बानियाँ र तार्केश्वर नगरपालिका घर भएका महेश परियार रहेका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार दुई समूहबीच भएको झडपमा खुकुरी प्रहार हुँदा एक जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । एक जना भने घाइते भएका छन् । मृत्यु हुनेमा सुकुम्बासी वस्तीमै बस्ने विक्की मगर रहेका छन् । उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । दुई समूहबीच लागु औषधको विषयमा विवाद उत्पन्न हुँदा झगडा भएको प्रहरीले बताएको छ ।
