मोटिभेटर नरबहादुर कार्की विप्लव नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
मंसिर ९, २०७५

शुक तामाङ
धादिङ मंसिर ९ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार काठमाडौंमा गरेको जनसभामा अन्तराष्ट्रिय स्तरका मोटिभेटर नरबहादुर कार्की पार्टी प्रवेश गरेका छन् ।

धादिङमा पटक पटक सकारात्मक सोच सम्बन्धी मोटिभेशन कक्षा संचालनमा आएका कार्की महंगो पारिश्रमीक लिने मोटिभेटरको रुवमा चिनिन्छन् । देश विदेशमा मेटिभेशन कक्षा दिन भ्याई नभ्याई हुने नरबहादुर कर्मचार्य शनिबार विप्लवको कार्यक्रममा आएर पार्टी प्रवेश गरेका थिए । उनलाई नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले खादा ओडाएर स्वागत गरेका थिए ।

सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका कार्की अहिले विश्वभर जीवन रूपान्तरण अभियन्ताका रुपमा परिचित छन् ।