गृहमन्त्रालयमै विष खाएर आत्महत्याको प्रयास

Avatar photo
Dhadingpost
मंसिर ६, २०७५

काठमाडौं, ६ मंसिर । एक जना माओवादी पूर्वलडाकूले गृहमन्त्रालयमै आत्महत्याको प्रयास गरेका छन् ।

कलिकोट सानो त्रिवेणी गाउँपालिका–२ का कुलप्रसाद भट्टराईले बुधबार गृहमन्त्री रामबहादुर थापा सामन्ने विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।

भट्टराई गृहमन्त्री थापालाई भेट्न सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला भट्टराईले आफैले बोकेर ल्याएको किटनाशक औषधि निकालेर पिउने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

३४ वर्षीय पूर्वलडाकू भट्टराई नौ महिनादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् ।