कञ्चनपुर क्षेत्र २ को योजना छनोट

Avatar photo
Dhadingpost
मंसिर ५, २०७५

कञ्चनपुर, मङ्सिर ५ । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का ३ स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत योजना छनोट गरिएका छन् ।

३ नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु ४ करोडका २० वटा योजना छनोट गरिएका छन् । अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’ मा रु चार करोडका दरले रकम विनियोजन गरेको छ ।

उनका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ मा सडक निर्माणका लागि रु १० लाख, वडा नं १२ मा कल्भर्ट निर्माणका लागि रु १५ लाख, वड नं ३ मा तटबन्ध निर्माणका लागि रु २० लाख, वडा नं २ मा कल्र्भट निर्माणका लागि रु ३० लाख, वड नं ८ मा सडक निर्माणका लागि रु १० लाख वडा नं ७ मा धर्म जनता माविको भौतिक संरचना निर्माणका लागि रु २० लाख बजेटका योजना छनोट गरिएका छन् ।

जसअन्तर्गत सांसद नरबहादुर धामीले शुक्लाफाँटा नगरपालिकामा ९, कृष्णपुर नगरपालिकामा छ र वेदकोट नगरपालिकामा ५ योजना छनोट गरिएको बताए ।