
धादिङ असोज २४ । धादिङको नीलकण्ठ नगरपालिका –१०, थुम्कीमा बस पल्टिँदा ७ जना घाइते भएका छन् ।
धादिङबेशीबाट आरुघाट जाँदै गरेको ना ४ ख ५६३९ नम्वरको बस थुम्कीमा अनियन्त्रित हुँदा पल्टदा ७ जना घाईते भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर बहादुर विकका अनुसार घाइते मध्ये सिद्धलेक गाउँपालिका –२, का २२ वर्षीय बसका सहचालक शिव कसाईको अवस्था गम्भीर रहेको छ ।
अन्य घाईतेहरुमा सिन्धुली जिल्ला दुधौली नगरपालिका –३, का १८ वर्षीय अनिल अधिकारी, बारा जिल्ला बेलडाडीका ६५ वर्षीय रामदोनी महतो, बारा जिल्ला बेलडाडीकै ३८ वर्षीय नन्दकिशोर महतो, भारत गोरखपुरका ३० वर्षीय सतिश शर्मा लगायत ७ छन् ।
तस्वीरः सुवास पाठक
