काठमाडौमा चल्ने बसमा पहिलोपटक एसीको सुविधा

Avatar photo
Dhadingpost
साउन २९, २०७५

काठमाडौं, साउन २९ । काठमाडौं उपत्याका मपहलिोपटक सार्वजनिक यातायातमा एसीको सुविधा दिन लागिएको हो । बसमा अफलाइन मल्टिमिडियासहित वाइफाइको सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।

थ्रीफ्ट मल्टिीप्रपोज कम्पनीले बुधबारबाट काठमाडौंमा सुविधासम्पन्न बसहरु सञ्चालनमा ल्याउने भएको छ । ‘समृद्धि यातायात’ नाममा सञ्चालनमा आउने १० ठूला बसमा एयर कन्डिसनार (एसी) को सुविधा छ ।

‘हामी सार्वजनिक यातायातलाई सुधार गर्न आएका छौं । अब काठमाडौंका मुख्य रुटमा ठूला र सुविधायुक्त बसहरु ल्याउनुपर्छ ,’ कम्पनीका एक सञ्चालकले भने,’ठूला बसहरुले माइक्रो र मिनीबसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतालाई हटाउन सक्ने आम्रो विश्वास छ ।’

बसमा अपांगलाई दुई वटा ह्वीलचियर राख्ने स्पेश पनि छ । यस्तै उभिएर यात्रा गर्नेका लागि प्रशस्त स्पेश छ ।

प्रश्स्त स्पेश भएको अपांगमैत्री ४० सिटे बसमा यात्रा गर्न असहज नहुने कम्पनीका सञ्चालकहरु बताउँछन् ।

स–सना ६० भन्दा बढी ब्यवसायीले पुँजी जम्मा गरेर खोलेको कम्पनीले लगानीको सुआत सार्वजनिक यातायातमार्फत गरेको हो ।

१० वटा बसमध्ये ६ वटाले नयाँबसपार्क–नारायणगोपालचोक–रत्पनपार्क–त्रिपुरेश्वर–कालिमाटी–कलंकी–सितापाइला हुँदै नयाँबानेश्वरमा परिक्रमा गर्नेछन् ।