
धादिङ साउन २९ । पुर्व माअाेवादि केन्द्र धादिङले नेकपा धादिङकाे अध्यक्षमा रामबहादुर भण्डारीलाई प्रस्ताव गर्ने भएकाे छ ।
काठमाडौंमा बसेकाे तात्कालिन माअाेवादि केन्द्रकाे कार्यालय बैठकले तात्कालिन एमाले सग जिल्ला तहमा पार्टी एकता हुदा अध्यक्षमा रामबहादुर भण्डारीलाई प्रस्ताव गर्ने निर्णय गरेकाे एक कार्यालय सदस्यले धादिङपाेष्टलाई बताए ।
ती नेताका अनुसार बैठकमा दिपक लामिछाने (सुवाेध) ले पार्टीका सचिव दलबहादुर बुर्लाकाेटिलाई अध्यक्षमा सिफारिस गर्नु पर्ने प्रस्ताव राखेका थए तर अन्य सदस्यहरु भण्डारिकाे पक्षमा उभिय पछि भण्डारीलाई सिफारिस गरिएकाे थियाे । साथै वैठकमा बेनिघाट राेराङ, गजुरी, र सिद्धलेक गाउपालिकाबाट प्रस्तावका लागि छनाैट हुने १३ जना जिल्ला सदस्यकाे नाममा पुर्व जनमुक्ति सेना एवम् वाईसियल केन्द्रीय सदस्य मिलन र धुर्व सुवेदिलाई नियत बस नराखिएकाे विषयले चर्चा पाएकाे थियाे ।
अन्तत:क्षेत्रबाट सिफारिस नगरिय पनि उनिहरुकाे नाम कार्यालय बैठकले थप गरि डिसिएमकाे लागि कार्यदलमा सिफारिस गरिने भएकाे छ ।
तात्कालिन एमाले धादिङ भित्र भने जिल्ला अध्यक्ष भुमि त्रिपाठी चाइना भ्रमणमा रहेकाले छलफल नभएकाेे बताएको छ ।
एमाले धादिङ बृतमा अाेलि निकटहरुले नेत्र पाैडेललाई अध्यक्षमा प्रस्ताव गर्ने अन्तिम तयारि गरेकाे एमालेका संस्थापक नेता जगननाथ नेपाललाई उदृढ गर्दै एक तात्कालिक एमालेका जिल्ला सदस्यले बताए ।
एमालेले कुनै पनि हालतमा अध्यक्ष नछाड्ने र अध्यक्षमा नेत्र पाैडेललाई नै अघि सार्ने गरि तयारिमा छाै । अध्यक्ष बाहिर हुनुभएकोले निर्णय लिन बाकि छ ती नेताले भने ।
धादिङमा तात्कालिन एमाअाेवादीबाट ६५ र एमालेबाट ८० जना रहेकाे जिल्ला कमिटी बन्नेमा अान्तरिक सहमति जनाएका छन् । पदिय जिम्मेवारी दुई पार्टीकाे ईन्चाज र अध्यक्ष रहेकाे कार्यदलले टुङ्गयाउने बताईएकाे छ ।
पार्टी एकता हुदा नेत्र पाैडेल अध्यक्ष हुदा ईन्चार्ज पुष्प विक्रम मल्ल हुने र अध्यक्ष रामबहादुर भण्डारी हुदा ईन्चाज राजेन्द्रप्रसाद पाण्डे वा गुरु बुर्लाकाेटि एक हुनु पर्ने छलफल सुरुभएकाे देखिन्छ ।
