नेकपा धादिङको सेक्रेटरी सँग संवाद

Avatar photo
Dhadingpost
सोमवार, साउन २८, २०७५

(धादिङ सिद्धलेक गाउपालिकामा जन्मेका  बुद्ध गुरुङ धादिङको राजनितिमा समेटिएकाे र धादिङका जनताले मन पराएकाेे नाम हाे । विप्लव नेतृत्वको नेकपा धादिङको नेतृत्व गरि रहेका उनै गुरुङ सग गरिएकाे समसामयिक संवाद)

तपाईंको कार्यक्षेत्र र पार्टी जिम्मेवारी  ?
-म नेकपा धादिङको पार्टी सेक्रेटरी हुँ  ।

इन्चार्ज को हुनुहुन्छ नि ?
-इन्चार्जसीप पनि म आफैले गरिरहेको छु ।

नेकपा केपी/प्रचण्डको या बिप्लपको जनतालाई भ्रम भयेन र  ?
-नेकपाको सहि परिभाषा बुझे पुग्छ, कस्को हो भनेेर केपि /प्रचण्ड जो छन्, उनिहरु भनेको नक्क्ली कम्युनिस्ट हुन् यिनिहरुले कम्युनिस्टहरुको बदनाम मात्र गरिरहेका छन्, कम्युनिस्टहरु आजको दुनियाँमा हेर्नुस् जहाँ कि, जनताको पक्षमा देखिन्छन्, तर आज नेपालको सन्दर्भमा हेर्नु भो भने कहाँ देखिन्छन्,  जनताको पक्षमा यहाँ त कम्युनिस्ट सरकारको नाममा जनताको गाँस बास कपास स्वास्थ शिक्षा रोजगारको बिषयमा कहिले सोचेको छ यो सरकारले  ?  उल्टै संघीयताको नाममा जनताको ढाड भाच्चिने गरि हरेक चिजमा कर बृदि, महङगि जुन गति अगाडि वढिरहेकाे छ त्यो के जनताले थेग्नु सक्छ ? अनि हामीले महङ्गी, भ्रष्टाचार, दलाल, घुस्खोर, कमिसनखोर, बलात्कारिहरुलाइ कार्बाही गर्नुपर्छ भनेर भन्याै भने उल्टै दमन गर्ने  ?  जनताको जनाधिकारको लागि बोल्दा हत्कडि लगाउने जेल हाल्ने अनि यिनीहरुलाइ कम्युनिस्ट हो भन्न मिल्छ ?  यिनीहरु कम्युनिस्ट होइन अमेरिकि साम्राज्यवाद र पहिले भारत बिस्तारवाद भन्थ्यौ अहिले भारत पनि साम्राज्यवादि हुन् र यिनै साम्राज्यवादका गुलाम हुन तेसैले केपी, प्रचण्ड कम्युनिस्ट होइन् ।

नेकपा विप्लव नै क्रान्तिकारि धार हाेे, कम्युनिष्ट हाे भन्ने अाधार के हाे ?
– नेपालीहरुको रास्ट्रिय स्वाभिमान माथि सिधा लात्मार्ने बिदेशीको तलुवा चात्ने, आफ्नो भुमिमाथि नाङो हस्तक्षप हुदा मौन बस्ने त्यो मात्र नभयर भर्खरै मात्रै मोदि नेपाल आउने क्रममा हाम्रो देसको सेनालाई असक्क्षम देखाउदै भारतीय सेना नेपाल भित्र्याउने रास्ट्रीय स्वाभिमानको खिल्ली उडाउने हरुलाइ क्रान्तिकारी भन्नेकि जो जनताको जनजिबिकाको पक्षमा लडछ, जनाधिकारको पक्षमा लडछ, रास्ट्रीय स्वाधिनताको लागि लडछ, वैदेशिक हस्तक्षेप विरुद्द्मा आवज उठाउछ जो अब भन्नुस कोहो त क्रान्तिकारी ।

विप्लव नेतृत्वकाे नेकपा काेे पनि जनपक्षिय गतिविधि खासमा केही देखिएन नि ?
-जनपक्षिय काम नभएको होइन हाम्रो काम कारबाहीमाहरुलाई बाहिर प्रचार / मिडियाबाजि नभएको मात्र हो ।  हामीले जिल्ला जिल्लामा सामुदायिक भवन, कालिकोटमा हेर्नुस् हाम्रो आफ्नै लगानीमा मोटर बाटो निर्माण धारा निर्माण, स्कुल निर्माण हामीले हाम्रो आफ्नै लगानीमा धादिङको च्यात्रामा स्कुल खोल्दियका छौ ।अनि राज्यले भ्रष्टाचारि भनेर घोषण गरेको लोकमान सिंह कार्कि, चुडामणिा शर्मा जस्तालाई कामकारबाही गरेका छौ । महङ्गी विरुद्धको आन्दोलन त्यो के जनपक्षीय काम भएन र ?

तपाईकाे पार्टीले फेरि हतियार उठाउदै छ हाे ?
– हामीले एकीकृत जनक्रान्ती भनेका हौं र क्रान्ति भनेको परिवर्तन हो युद्ध होइन । हामी शान्ति चाहान्छाै शान्तिपूर्ण ढंगबाट देश परिवर्तन गर्न चाहन्छौ, जनतालाई अधिकार सम्पन्न गराउन चाहन्छौ, तर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई अन्यायपूर्ण ढंगबाट दमन गरिन्छ भने त्यो परिस्थितिकाे सामना गर्नेछ पार्टीले यस्मा दुई मत छैन यति भनाै अहिले ।

जनता त युद्धमाबाट अाजित छन् ? सफल हाेला युद्ध ?
– जनताको साथमा छौं र साथ रहनेछ किनकि जनता परिवर्तन चाहन्छ किनकि जनताको आफ्नै इतिहास छ ।

प्रकाण्ड र माेहन कार्की जस्ता नेता पक्राउ पर्दा सरकारकाे विरुद्ध सामाजिक संजाल भाईरल बन्याे तर तपाईंको पार्टीले विज्ञप्ति निकाल्ने बाहेक केही गरेन त ?
– हाम्रा आदरणीय कमरेडहरुको पक्राउको बारेमा सामाजिक संजालमा भाइरल हुने र पार्टी बिज्ञप्ति मात्र निकालेर बस्दैन । हामी हाम्रो आन्दोलनको तयारीमा छौं आन्दोलनलाई ससक्त ढंगबाट निरन्तर अगाडि बढाउने छौं । यहि कारण साउन २९ गते दलाल सरकारकाे रबैया विरुद्ध नेपाल बन्दकाे अाव्हान गरेका हाै ।

बन्दले जनतालाई झनै सास्ति दिन्छ हैन र ?
– बन्दले सास्ती दिन्छ हो तर बन्दको सृजना त राज्यको कारण भको हो नि ? त्यस्को जिम्मेवार सरकार हो राज्य हो । राज्यले बुझ्न जरुरी छ बन्द हाम्रो रहर होइन ।

सहकर्मी कमरेडहरुकाे सरकाले तपाईंकाे पार्टीको नेता कार्यकर्तालाई  किन हत्कडि लगाउदै  छ ?
– जनता हाम्रो पार्टीको एजेन्डा मन पराउछन्, हामीलाई मन पराउछन् , हामीलाई साथ दिन्छन् र यो सरकारको झुटकाे महल ढल्ने निश्चित छ ।

यिनिहरु कथित वाम या नक्कली कम्युनिस्ट छन् यिनिहरुलाई जनताले अब छिटोभन्दा छिटो नङ्याउछन् भन्ने थाहा छ, ताकी देशमा भएको खोलानाला, बन जङल सबै ईन्डियालाई दिने, भुमी, मठ मन्दिर आदि इत्यादी अनी यहि कुरा जनता माझ पुर्याउने आफ्नो देश बचाउनु पर्छ भने लाग्ने हाम्रा नेता कार्यकर्तालाई अपराधी देख्ने अनी करोडौंको चंदा असुली गरेको आरोपमा हाम्रा नेताहरु अपराधि रे ठिक छ ल अपराधी मानौं ।

अपराधी सबैलाई गरौं जो हिजो झापाको सोझा जनताको टाउको छिनालेर आउने खड्का प्रसाद ओलि अनि १७००० जनताको रगतको होलि खेल्ने प्रचण्ड र राम बहादुर थापालाई अपराधी भन्नेकि नभन्ने यो सरकार आफ्नो गल्ती लुकाउन अर्को गल्ती दोहोर्‍याउदैछ ।

अब भुमिगत हुनुकाे बिकल्प रहेन हैन तपाईहरुकाे ?
– हामी जनताको बीचमा रहेर यो द्लाल संसदिय ब्यबस्थाको फासिबादी चरीत्र पुर्ण रुपबाट अन्त्य जनता माझ रहेर नै गर्छौ ।

तपाईहरु मुख्य निसाना को हो त ?
– हाम्रो मुख्य निसाना भनेको यो देश का दलाल, भ्रष्ट, गुण्डा, तस्कर र शोषक सामन्तीहरु नै हो ?

अनि सेना पुलिस सङ् के हुन्छ तपाईहरुको ?
– सेना पुलिस भनेको रास्ट्र सेवक हो देश भक्त हो र हुनुपर्छ हामीले गर्ने भनेको द्लाल भ्रष्ट घुस्खोर तस्कर गुन्दा शोषक सामन्तिलाई कार्बाही गर्ने नै हो निर्मुल गर्ने नै हो तेति बेला हामिलाई  साथ दिनु पर्छ ।

अन्तमा: तपाईहरुले ल्सयाउने समाजवाद कस्ताे हुन्छ ?
– हामीले स्थापना गर्ने भनेको बैज्ञानिक समाजबादमा गाँस, बास, कपास, स्वास्थ, शिक्षा, रोजगारको ग्यारेन्टी मानव जातिमा बर्गबिहिन, जातीबिहिन, रास्ट्रबिहिन, धर्म बिहिन, शान्त, समान र समृद्ध हुन्छ ।