धादिङका ध्रुव सिंखडा भिटोफको अध्यक्षमा निर्वाचित

Avatar photo
Dhadingpost
साउन १६, २०७५

धादिङ साउन १६ । ग्रामीण पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालको २२ औँ साधारणसभाबाट धादिङ गुम्दीका ध्रुव सिंखडा अध्यक्षमा निर्वाचित भएका छन् ।

तात्कालिन एमाले, काँग्रेस र नयाँ शक्ति निकट मानिएको प्यानलबाट अध्यक्ष पदमा ध्रुब सिंखडाले तात्कालिन एमाले र माओवादी केन्द्र निकट प्यानलका अध्यक्ष उम्मेदवार बासु पाण्डेलाई हराउँदै भिटोफको अध्यक्षमा निर्वाचित बनेका हुन् ।

निर्वाचनमा ध्रुब सिंखडाले (२८९) र बासु पाण्डेको (२४०) प्यानलबीच भएको कडा चुनावी प्रतिस्पर्धामा वासु पण्डेलार्इ ४९ मतले पराजित गर्दै सिंखडा विजयी बने ।

यस्तै प्रथम उपाध्यक्षमा दीपक दाहाल र द्वीतिय उपाध्यक्षमा गोपाल थापा विजयी भएका छन । उनीहरू दुबै पाण्डे समूहका उम्मेदवार हुन ।

महासचिवमा सिंखडा प्यानलबाट उम्मेदवार बनेकी व्यवसायी जस्फा पाण्डेले (२६६) दीपक खनाललार्इ (२६३) ३ मतले पराजित गर्दै विजयी बनेकी हुन् ।

ध्रुब सिंखडा प्यानलबाट बिजयी हुनेहरुमा महासचिब जस्फा पाण्डे सचिब नबराज थापा र सदस्यहरु शान्त कुमार बानियाँ , राममणि रिजाल रहेका छन् ।

त्यस्तै पाण्डे समुह बाट प्रथम उपाध्यक्ष दिपक दाहाल , द्वितीय उपाध्यक्ष गोपाल थापा, कोषाध्यक्ष राजकुमार धमला , सहकोषाध्यक्ष शकुन्तला देबकोटा र सदस्यहरु जीवन थपालिया र देबि कृष्ण रोकाया बिजयी बने ।