नलाङका गेहेन्द्र मल्ल पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, साउन ७, २०७५

धादिङ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका नलाङका गेहेन्द्र मल्ल २ करोड भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका छन् ।

सर्वोच्च अदालतको २०७३ कार्तिक २२ गतेको फैसलाले भ्रष्टाचार गरेको मुद्दामा साविकको नलाङ गा।वि।स।वडा नं।३ घर भएका उनलाई सिआइबीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत बुझाएको छ ।

मल्ललाई सर्वोच्च अदालतले १,०४,७५,४८८।३६ (एक करोड चार लाख पच्चहत्तर हजार चार सय अठ्ठासी रुपैंया छत्तिस पैसा) जरीवाना हुने ठहर गरेको थियो । तर उक्त जरिवाना वेरुजु रही फरार रहेका उनलाई ब्यूरोको टोलिले सुन्धारा, काठमाण्डौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएको छ । अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको छ ।

गेहेन्द्रबहादुरले बैकंका कर्मचारीहरुको मिलेमतोमा पि।जी।स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीहरुको कमसल धितोलाई अस्वभाविक मुल्यांकन गराई बिभिन्न मितिमा गरी रु।२,०९,५०,९७६।७२।– (दुई करोड,नौ लाख पचास हजार नौ सय छयत्तर रुपैयाँ, बहत्तर पैसा) कर्जा निकासा गरी उपयोग गरेको र बदनियतपूर्ण तरिकाले ब्यक्तिगत लाभ लिई नेपाल बैक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको बताइएको छ ।