युएई, असार १४ । बैदेशिक रोजगारीको लागि युएर्इ आएका गोरखाको भिमसेन थापा गाँउपालिका-८ अस्राङका टोपबहादुर आलेमगरको मृत्यु भएको हो।
गत मंगलबार कोठामा खाना खार्इ सुतेका आलेमगर अबेरसम्म पनि नउठेपछि साथीहरूले उठाउन खोज्दा उनको मृत्यु भैसकेको थियो।
मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। उनको शव पोस्टमाटमको लागि आबुधवीको खलिफा हस्पिटलमा राखिएको छ।
उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउनको लागि आइतबारदेखि कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।
बिगत ६ बर्ष अघि रोजगारीको लागि युएर्इ आएका टोपबहादुर आबुधावी स्थित अल ड्राफा फुटबल क्लबमा रहेको जिम हलमा कोचको रूपमा काम गर्थे। टोपबहादुरको श्रीमती १ छोरी गोरखामा बस्दै आएका छन्।
