धर्मेन्द्र श्रेष्ठ को ‘ओ डार्लिङ’ भिडियो सार्वजनिक

Avatar photo
Dhadingpost
सोमवार, असार ११, २०७५

धादिङ असार ११ । धादिङका संचारकर्मी धर्मेन्द्र श्रेष्ठको ‘ओ डार्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बिगत ४ बर्ष पत्रकारीता गर्दै आएका धर्मेन्द्र श्रेष्ठको साँगितिक क्षेत्रमा यो म्यूजिक भिडियो पहिलो प्रयास हो ।

अहिलेको चर्चित गायिका मेलिना राई र धर्मेन्द्र श्रेष्ठको आवाज रहेको सोहि गितमा प्रमोद भण्डारीले शब्द भरेका हुन् भने चर्चित संगीतकार खेमजी रानाको मिठो संगीत रहेको छ ।

आषिस राना र माया गुरुङ को साथ मा एम डान्स स्टुडियोका बिद्यार्थीहरुको अभिनय तथा डान्स रहेको यस गीतको भिडियोलाई प्रवेश पोखरेल ले छायाङ्कन गरेका हुन् ।

गायक धर्मेन्द्र श्रेष्ठ आफैले निर्देशन गरेको र कोरियोग्राफ आषिस रानाले गरेको भिडियोमा सम्पादन भने सुरेश श्रेष्ठले गरेका हुन् ।

‘ओ डार्लिङ’ भिडियो

https://www.youtube.com/watch?v=nLf8pUELqcQ