मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा आगलागी

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७५

विराटनगर, जेठ ३१ । बुढीगंगा गाउँपालिका–३ स्थित कारखानामा गएराति ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ ।

आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।