प्रिती आले हट अबतारमा (भिडियो)

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २२, २०७५

धादिङ जेष्ठ २२ । नेपाली संगितिक क्षेत्रको चर्चित पात्र प्रिती आलेको हट अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आलेको हट अभिनय रहेको  “बैना” को म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको हो ।

नेपाली लोक गीत संगीतका धरोहर गायक तथा सर्जक हुन रामजी खाणँ। लामो समयदेखि लोक गीतको विधामा स्वर, लय शब्द तथा विभिन्न गीतहरुको अभिनयमा समेत अब्बल रहेका खाणँको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ ।

आफूलाई सबै क्षेत्रमा अब्बल सावित गरेका खाणँका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्चाएका छन् । नाम जस्तै काम, नेपाली लोक तथा गीत संगीतको क्षेत्रमा यो अनुपम उपहार गायक तथा सर्जक माधब थापाको “बैना” सार्वजनिक गरिएको हो ।

माधब थापाको लय तथा शब्दलाई टपक्क टिपेर गायिका प्रिती आले र माधब थापाले नै आबाज दिएका छन् । जुन गीतमा रामजी खाड र प्रिती आलेको बेजोड अभिनय देख्न सकिन्छ ।

उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने करण चैसिरले छांयाङकन गरेका हुन् । निर्देशन मौसम हिमालीको गरेका हुन् ।

भिडियो