धादिङको पहिलो आधुनिक गायक विरेन्द्र गुरुङ

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १४, २०७५

(धादिङ जिल्लाको पहिलो आधुनिक गायक विरेन्द्र गुरुङ यतिबेला आधुनिक गायनमा व्यस्त छन् । नेत्रावती गाउँपालिका कटुञ्जेका गुरुङले पहिलो पटक २०५७ सालमा रेडियो नेपालबाट स्वर पास गरि आधुनीक गायनको यात्रा तय गरेका थिए । उनै आधुनिक गायक गुरुङ सँग धादिङपोष्टका सहकर्मी सरस्वती खाँड ठकुरीले गर्नुभएको कुराकानी)

आधुनिक गायन विधा कस्तो हो ?

मानविय जीवनका र आफ्नो भित्रि बेदना, चोटहरु कलात्मक शब्द र स्वरद्वारा बाहिर निकाल्ने विधा हो ।

आधुनिक गीत गाउन कत्तिको सजिलो छ ?

आधुनिक गीत गाउन एकदमै गाह्रो छ । एकदमै मेहेनत गर्नु पर्छ,। जुन लोकदोहोरी गाउन स्वर, लए राम्रो भयो भने चल्छ तर आधुनिक गीत गाउँदा त्यस गीत भित्रै डुबेर त्यस गीतले भन्न खोजेको के हो ? र त्यस गीतले के चाहेको छ त्यो गर्न सक्नुपर्छ ।

धादिङको पहिलो आधुनिक गायक विरेन्द्र गुरुङ नै हो ?

धादिङको आधुनिक गीत गाउने त्यतिखेर म नै पहिलो व्यक्ति नै हुँ । यो मेरो दावी होइन । त्यतिखेर आधुनिक गीत गाउने कोही थिएन सायद त्यतिखेर आधुनिक गीत गाउने गायक कोही जन्मेको थिएन होला । मैले आधुनिक गित गाउन थालेको २०५६ सालबाट हो, जुन डा. नवराज लम्साल साहित्यकार / गीतकार दाइ कै शब्द रहेको गीत मेरो पहिलो गित थियोे ।
मैले दाईलाइ सोधेको थिए म भन्दा पहिले आधुनिक गितगाउने व्यक्ति कोही छ ? भन्दा दाईले मलाई तिमि भन्दा अर्को व्यक्ति धादिङमा कोहि छैन भन्नुभएको भयो ।

तपाईको पहिलो गायन यात्रा कहिले हो ?

महिले स्टुडियोमा ०५६ सालमा झुमौ झुमौ लाग्यो मलाई पिरतीको नसामा गित गाएँको नै पहिलो गीत थियोे नवराजदाइको शब्द र त्यहि कार्यरत रत्न श्रेष्ठको सँगितमा गाएको थियोे ।

अधुनिक गायनका लागि कहाँ सिक्नु भयो ?

मैले ६ बर्ष क्लासिकल बेस गरे, मेरो गुरुहरु ओमकार गौतला, मिरा राणा, पकाश गुरुङ, र गुरुदेब कामत् हुनुहुन्थ्यो ।

स्वर परिक्षण कहिले गर्नु भयो

मेरो स्वर परिक्षण ५७ सालमा रेडियो नेपालबाट भएको हो ।

धादिङमा कत्तिको परिचत हुनुहुन्छ आधुनिक गायनको क्षेत्रबाट ?

वास्तवमा धादिङमा आधुनिक गीत नभएर होला मलाई आधुनिक गायक भनेर चिन्नको लागि धेरै समय लाग्यो अहिले मलाइ फाट्ट फुट्ट चिन्न थालेका छन् । धादिङको पहिलो महोत्सव देखि छैटौ महोत्सब सम्ममा आइपुग्दा मलाई धादिङले चिनेको जस्तो लाग्छ । मेरो अलि कति गल्ति नै हो म मिडियामा भिडियो लाइज गर्न सकिन त्यसकारणले पनि होला मेरो स्वर राम्रो भए पनि तर मिडिया अथवा भिडियो लाइज गर्न सकिन त्यहि नै मेरो कमजोरी हो ।

बीचमा केहि ग्याव रहेको हो तपाईको गायन क्षेत्रमा ?

मैले २०६२ साल सम्म निरन्तर गीत संगीत क्षेत्रमा समय दिए तर त्यसपछि मैले संगीत क्षेत्रलाई निरन्तरता दिन सकिन मैले सँगित क्षेत्रमा मात्र समय दिएर मलाई खान पुग्दैन थ्यो, यस क्षेत्रमा गित निकाल्नको लागि पुजिँको आवश्यक पर्थो र यस क्षेत्रमा आफ्नै लगानि मात्र हुन्थो यस पेसाले मलाई खान पनि पुग्दैनथ्यो यस क्षेत्रमा लाग्ने मेरो सोक मात्र हो । म यसरी गायक बन्छु भन्ने मेरो शोक थियो जस्तै पुराना अग्रजहरु उदितनारायण झा, नारायण गोपन, नारायण रायमाझीे किशोर कुमार उहाहरुकै प्रेरणा हो । म धादिङको एउटा विगट गाउँ कटुन्जेबाट आएको, मलाइ गीतहरु निकालनको लागि गाह्रो थियो । त्यसपछि म विदेश गए प्रोगामको लागि म त्यहाँ तीन महिना बसे र नेपाल आए म नेपालमा बस्न सकिन म फेरि विदेश गए र फेरि नेपाल आएर मैले गहन एलबम निकाले त्यहि नजिक कार्यरत एउटा दाइ हु्नूहुन्थो गोपाल गोले गितकार उहाको गित मेरो आफनै सँगितमा रिमा गुरुङल, मान्डपी त्रिपाठीले पनि गाउनु भएको छ त्यसपछि मैले सँगितमा पनि अभिरुचि राखेर अरुलाई दिनथाले अहिले आएर कटुन्जेको नयाँ गितकार भाइ शुरेस सिंखडा को गीत मैले गरेको दिल दुखेको दिन । अहिलेको लेटेस्ट गीत हरेक साझ पिउने बानी भन्ने गित अहिले मैले बनाएको छु युटूब मा हेर्नु सक्नु हुने छ । अब सगीत क्षेत्रलाई निरन्तरता दिन्छु ।

आधुनिक गायकहरुमा धादिङ को छन् अहिले क्रियाशिल ?

आधुनिक क्षेत्रमा नाम लिग्दा प्रेम परियार, सन्तोस लामा, श्याम शितल छन् । लोक गायनमा हिमाल घले धादिङको हिरो हो । आधुनिक गित गाउने धादिङमा ५–६ जना होला तर लोक गायनमा धेरै छन् ।

धादिङमा अझ कला गला र संस्कृतिलाई कसरी व्यवस्थित गर्ने ?

हामी एक हौ, हाम्रो कला संस्कृतिलाई अगाडि बढौ भनेर अगाडि बढाउने हो भने म पनि सहयोग गर्छु । म धादिङ कलाकार संघको सल्लाकार पनि हो नवराज लम्साल दाई हुनुहुन्छ, हिमाल घले अहिले आफै सिंगो लोक संगितको धरोहर हुनुहुन्छ । अहिलेको भाई बहिनीहरुलाई के भन्छु भने एउटा गीत मात्र चलेर दैन सधै टिक्न सक्नु पर्छ यो क्षेत्रमा वीरेन्द्र गुरुङको गीत चल्न सकेन तर धैर्य गर्न सक्नुपर्छ । सघर्ष गनुपर्छ म हरेक दिन समय मिले अनुसार एकघण्टा दुई घण्टा रियाज गर्छु । अहिलेको भाई बहिनीहरुलाई सल्लाह र सुझाव धैर्यता, चिन्तन र साधना अनिवार्य छ । ।

अहिले आधुनिक गितहरुको माग बढी भएको हो ?

मेरो बिचारमा अहिले अलि फास्ट गित चल्छ अहिले मानिसहरु चेन्ज भएको छ लोक गित हरु बढी चल्छ हामी हाम्रो इच्छाअनुसार गीत गाउँछौ साचै भन्ने हो भने पिडादायी गित गाउँछौ सुन्छ गित राम्रो छ भन्छ तर यो गित चल्दैन ।

तपाईको  पछिल्लो अधुनिक कोसेली कुन हो ?

मैले पछिल्लो कोसेलीको रुपमा धेरै मेहनत र साधना गरेर हरेक साँझ सार्वजनिक गरेको छु । यो भिडियो युट्यूवमा पनि हेर्न सकिन्छ ।

‘हरेक साँझ भिडियो