जनप्रगतिशील मंचको पहलमा अलपत्रहरुको उद्दार

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २, २०७५


साउदी।  रोजगारीका लागि  साउदीअरब पुगि सम्झौता अनुसार सेवा सुबिधा र बिरामी हुँदा उपचार नपाइ अलपत्र परेका एक नेपालीलाई उद्दार गरि स्वदेश फिर्ता गरिएको छ ।
नेकपा माओवादी केन्द्र निकट जनबर्गिय सङठन नेपाली जन प्रगतिशील मन्च साउदि अरबको जुबेल छेत्रीय समितिका कोषाध्यक्ष सुजन पुडासैनी र सदस्य प्रेम खत्रीको पहलमा पीडित लाई हवाई टिकट सहित उपचार खर्चको ब्यबस्था मिलाइ गत सोमबार स्वदेश फिर्ता गरिएको मंच साउदिका प्रबक्ता रामचन्द्र वाग्लेले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन ।
काठमाडौको त्रिपुरेशवरमा रहेको वल्डवाईड इम्प्लोमेन्ट प्रालि बाट साउदीको दमाम स्थित एक कम्पनीमा काम गर्न पुगेका उदयपुर गाइघाटका रावल राई लाई कम्पनीले काम गरेको तलब नदिने र बिरामी हुँदा समेत उपचार नगर्न भय पछी उनी ६ महिना देखि साउदीमा अलपत्र अबस्थामा रहेको जानकारी पाएपछी उद्दार गरि नेपाल पठाइएको वाग्लेले बताएका छन ।
मंचका प्रबक्ता वाग्लेलाई दलालको ज्यान मार्न धम्की
यता जनप्रगतिशील मंच साउदीका प्रबक्ता रामचन्द्र वाग्लेलाई आफुले पठाएका कामदारको उद्दार गरि नेपाल फिर्ता गराएको भन्दै नेपाल बाट कामदार सप्लाइ गर्न उदयपुर गाइघाट घर भै हाल काठमाडौ बस्ने दलाल गणेश राउतले गालिगलोज सहित ज्यान मार्न धम्की दिएको मंच साउदीले एक पत्र मार्फत जानकारी दिएको छ ।
पेटमा समस्या देखिएपछी अस्पतालमा उपचार गराउदा गलत ठाउँमा अप्रेसन गरि तीन वटा घाउ बनाएको र पछी पुन कम्पनीले उपचार नगर्दा पेटमा प्वाल परि गम्भीर अबस्थामा रहेका रावलको उद्दार गरि स्वदेश पठाउदा दलालले ज्यान मार्न धम्की दिएको मंच द्वारा जारी पत्रमा उल्लेख छ ।
दलाल गणेशले राम्रो कमाइ हुने भन्दै लाखौ रुपैयाँ असुल गरि साउदी पुर्याउने र कम्पनीले भने अनुसार तलब र बिरामी हुदा उपचार नगर्न भयपछी सोही कम्पनीमा काम गर्न पुगेका अन्य तीन नेपाली समेत अलपत्र परेका छन यसरी अलपत्र पर्नमा राजकुमार रौतार ,कृस तामाङ र उमेष निरौला रहेका छन ।पीडित बारे दूतावासलाई लिखित जानकारी गराइसकेको हुदा टिकट र आबस्यक कागजातको ब्यबस्था मिलाइ सबैलाई छिट्टै नेपाल पठाइने मंचले जानकारी दिएको छ ।
दलाल गणेश राउतलाइ तत्काल कारबाहीको माग सहित लेखिएको पत्रमा मंचका महासचिव बाबुलाल बुढाले हस्ताक्षर गरेका छन भने पत्रमा नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय बिदेश बिभाग लाई सम्बोधन गर्दै ,वाइ सिएल नेपालको केन्द्रिय कार्यलय ,गृहमन्त्रालय र श्रम मन्त्रालयलाई बोधार्थ सहित पठाइएको छ ।