मलेसिया । साउदी अरबको उच्च अदालत बाट ब्लडमनिको फैसला सुनाइएका रोल्पा धवाङ ५ का दिलबहादुर घर्ती लाई बचाउन आबस्यक ब्लडमनि संकलन अभियान मलेसियामा सुरु भएको छ ।
साउदी स्थित अल दोआदमी भन्ने स्थानमा कार्यरत रहदा नीजले चलाएको सवारी दुर्घटना भई साउदी नागरिको निधन भएपछि साउदी अदालतमा घर्ती विरुद्ध दायर भएको थियो । अदालतले घर्तीलाई दोषी ठहर गरि ब्लडमनी स्वरुप २ लाख २५ हजार साउदी रियल, अर्थात झन्डै ६५ लाख नेपाली रुपियाँको फैसला सुनाएको हो ।
साउदी स्थिति नेपाली दुतावासले उक्त फैसलामा पुनरावेदन गर्दा पनि पहिलेकै फैसला सदर गरेपछि देश बिदेश बाट घर्तीको जीवन रक्षाका लागि यतिखेर नेपाली हरुले दिलबहादुर घर्ति बचाउ अभियान चलाएका छन ।
पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकोले “सेवा नै धर्म हो” भन्ने मुल उदेश्यका साथ नेकपा माओवादी केन्द्र निकट प्रबास संगठन नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका इन्चार्ज रमेश तिवारी, अध्यक्ष प्रेम पाण्डे र एनआरएन आइसीसका सदस्य विश्व राईको विशेष उपस्थितमा गत आइतबार मलेसियामा दिलबहादुर घर्ती बचाउन अभियान २०७५ मुल समिति गठन भएको मंच मलेसियाले जानकारी दिएको छ ।
नेपालमा सन्चालन गरिएको ब्लडमनि संकलन अभियानका सदस्य रुपधन घर्ती मगर ९सुकुमार० र सुगम बुढा मगरको पहल तथा चन्द्र बहादुर घर्ती मगर को सक्रियतामा ब्लडमनी संकलन अभियान संचालन गरिएको हो । अभियानको पहिलो दिन मलेसियन रिङगेट २७ सय ३ रुपैयाँ नेपाली ७२ हजार बराबर संकलन गरिएको जानकारी दिएका छन । मृत्युदण्ड कुरिरहेका दिलबहादुर घर्तीलाई जसरी भएपनि सकुशल नेपाल फर्काउन अभियानलाई सक्रिय र बृहत बनाउने अभियान्ता रुपधन घर्तीले बताएका छन ।
अभियान बारे जानकारी तथा सहयोग गर्न अभियान्ता हरुले बैंक खाता नम्बर र सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन ।जस अनुसार मलेसियामा शुगम मगर – – 0149856895,रुप धन घर्ती मगर ९सुकुमार० 0169781134,अर्जुन घर्ती मगर-01151534127 अथवा सिधै शुगम मगर को CIMB बैंक को एकाउन्ट नम्बर 7057418309 मा पनि रकम जम्मा गर्न ब्यबस्था मिलाएको जानकारी दिएका छन ।
अभियान लाइ सफल पार्न देश बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुलाइ सक्दो सहयोग गर्न समेत अभियान्ता हरुले अनुरोध गरेका छन ।