त्रिशुली किनारमा चारधाम -बालतपस्वी भट्ट

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ३१, २०७५

धादिङ ज्वालामुखि गाउँपालिका स्थित ढोला पुर्सुकमा एक सामान्य कृषक परिवारमा जन्मलिँदै धार्मिक अभियानका रुपमा सामाजिक कार्य गर्ने बालतपस्वी पण्डित श्री उत्तम भट्ट महाराज सँग हाम्रा सहकर्मी सरस्वती खाँड ठकुरीले गर्नुभएको संवाद ।

अंग्रेजी पढेको केटो कसरी धार्मिक गुरु बन्नु भयो ?
मैले अंग्रेजी माध्यमबाट बोडिङ स्कुलबाट अध्ययन गरेको हँु । १ देखि ३ कक्षा सम्म मैले बोडिङ स्कुलमा पढे त्यतिखेर (द्वन्दकाल) बोडिङ स्कुल सबै बन्द भयो, बोडिङ स्कुल बन्द भइसकेपछि म सरकारी स्कुले ढोला श्री बराकालीका उच्च माविमा एस.एल.सी सम्म अध्ययन गरे ।

मैदी समिभञ्झ्याङमा मैले एघार पढ्दा–पढ्दै मलाइ धार्मिक कार्यपटि एकदमै जिज्ञासा लाग्न थाल्यो, राति सुत्ने बेलामा पनि केहि कुरा चम्किरहेको आकाशमा उडिरहेको, ति चम्किला बस्तुहरुले मलाई बोलाइरहेको केही भन्न लागि रहेको लाग्थो ।

त्यसपछि मलाई भजन सुन्दा धेरै रमाइलो लाग्ने भजन प्रति म एकदमै आक्रसित भएँ म सधै बिहान बिहान कलेज जाँदा भजन सुन्दै कलेज जान्थेँ । भजन र सांस्कृत र धर्मबारे मैले गुरुहरु सँग सोधे र मलाई गुरुहरुले बताईदिनु भयो ।

तव मलाई पनि यस्तै भजन गाउने यस्तै पण्डितले जस्तै कथा वाचन गर्ने र समाजलाई धार्मिक तवरबाट समृद्ध बनाउने भित्रैबाट इच्छा शक्ति पैदा भयो । त्यतिखेर म उमेर १८, १९ वर्ष को केटो थिए स्वतस्फुर्त संस्कृत विद्यार्थी अंग्रेजी सिकेर राम्रो भयो साथमा सिक्नै पर्ने भाषा सहित्य संस्कृत हो ।

ढोलामा पढेको मान्छे पुरोहितबाट त संस्कृत शिक्षाको प्ररणा भयो होला हैन ?
अहिलेको ज्वालामुखि गाउँपालिका ढोला पुसुकमा मेरो आमा बाबा सामान्य कृषक मात्र हुनुहुन्थ्यो । मैले संस्कृत विषय पढ्नको लागि सबैलाई सोधे र मलाई गाउँको एउटा दाईले संस्कुति पढ्नको लागि नवलपरासी जान सहयोग गर्नुभएको हो । नवलपरासी पुगेर गुरुहरु सगँ धेरै ज्ञान लिए । त्यस सँगै बाल्मिकि क्याम्पसमा आएर अध्ययन गरे । सस्कृति क्षेत्रमा मैले ११, १२, १३ हुँदै शास्त्री पढ्दै छु ।

मिठास स्वरको धनी तपाई तालिम त पक्कै लिनु भयो होला ?
मैले मेरो स्वरमा कुनै तालिम लिएको छैन, म सानै देखि भाषा विषयहरुलाई स्वर हालेर पढ्ने गर्थे । मेरो सनो देखिको बानी थियो मेरो स्वर सानो छदा नै सबैले राम्रो छ भन्थे ।

अहिलेको स्थितिमा तपाई आइपुग्नुमा श्रेय कसलाई दिनु हुन्छ ।
मलाई यहाँ सम्म ल्याउने गुरु धेरै हुनुहुन्छ । त्यस मध्ये नारायणप्रसाद पोखरेल ज्यू को कथाबाट प्रभावित भएँ । अहिले मानेको गुरु कमल नैनाचार्य स्वामि मुक्तिनाथ बाबा, म उहाँबाट नै दिक्षित छु ।

हिन्दु धर्मले जातिय विभेद गर्छ भन्छन् नि ?
हिन्दुधर्म सबैलाइ समेट्ने धर्म हो, किनकि ब्राह्मणले मात्र वेद पढ्न पाउँछ, अरुले पढ्न पाउँदैन र मन्दिरमा ब्राह्मणले मात्र पुजा गर्न पाउने र दलितले नपाउने मन्दिर भित्र नि पस्न नपाउने हुन्छ, यो विलकुलै गलत हल्ला हो ।

भगवानको लागि हामी सबै समान हो । हिन्दु धर्मले सबैलाई समान गर्छ । दलित, जनजाती क्षेत्री ब्राह्मण जुन परिवारमा जन्मिय पनि उहाँले आफ्नो विचार आहारमा परिवर्तन ल्याउनु भयो । हिन्दु धर्मकको परिधिभित्र रहि आचार विचार मान्नु हुनजो कोही पनि पण्डित बन्न पाउँछ । हिन्दु धर्मले व्यक्तिको आचार विचारका आधारमा वर्ग विभाजन गर्छ । अरु सबै भ्रामक हल्ला हो ।

धर्म परिवर्तन किन गर्छन हिन्दुहरु ?
हाम्रो देशमा धर्म परिवर्तन गर्ने मुख्य कारण गरिबीे, अशिक्षा र धार्मिक ज्ञानताले हो । उनीहरुलाई धर्मको बारेमा केही थाहा हुदैन । जसले धर्मशास्त्र बुझेको छ गुरुले पनि फलो गर्नु पर्यो, चेलाले पनि फलो गनु पर्याे, गुरुले मात्र अगाडि बढेर हुदैन चेलापनि अगाडि बढ्नु पर्दछ र चेला कसरी अगाडि बढिरहेको छ चेलाको हरेक कुरमा गुरुले निरन्तर ध्यान दिइरहनु पर्छ । साथै आफ्नो छोरा कस्तो बाटोमा लागेको छ, के गरिरहेको छ, भन्ने बारेमा आफ्नो बाबु आमाले पनि ख्याल गर्नुपर्दछ ।

धार्मिक अभियानबाटै विकास सम्भव छ हो ?
मेरो पछिल्ला कृयाकलाप हेर्नुभयो भने पनि देख्नु हुन्छ । विद्यालय, बृद्धा–आश्रम, मठ–मन्दिर बनाउन हामीले सहज ढंगले दान संकलन गरेका छौ । विकासको साथमा धार्मिक जागरणका लागि मैले यो अभियान चलाएको हुँ ।

मानिसको ब्यवहारमा परिवतर्न ल्याउन भजन कथा आवश्यक छ, सबै चिन्ता हटछ । हामीले दान गर्यौ भनेँ, हामीमा धेरै सन्तिुष्टि मिल्छ, जति पैसा कमाय पनि हामीले दान गनु पर्छ, यसो गर्नले हामीमा धेरै सन्तिुष्टि प्राप्त गर्न सक्छौ ।

१०८ महायज्ञ गर्ने तपाईको लक्ष्य कहाँ पुग्यो र उल्येअ गर्न योग्य केहि काम भए ?
मैले ६८ औ महायोग्य नेपालमा अहिले सम्पन्न गरीसकेको छु, विद्यालय, मठमन्दिर, बालआश्रम, अस्पताल आदि बनि सकेका छ ।
धादिङ जिल्लाको गल्छिमा छाँयाश्वर महादेव मन्दिर बनेको छ, करोडौं खर्च गरेर । त्यहाँ पाँचसय जना जति भक्क्तजन बसेर सत्संग गर्न सकिन्छ ।

महेश दोबान गल्छिमा गुरुकुल बन्दैछ, त्यहाँ सस्कृति पढाउनको लगि अभियान चलाइएको हो । मैले धादिङबेसीको पशुपति मन्दिरबाट सुरु गरेका पहिलो श्रीमद भागवत महायज्ञ अहिले धादिङमा मात्र मनरुपिमावि संचालनार्थ, सल्यानटारमा क्याम्पस संचालनार्थ, खाल्टे, गुरुङ बस्ती, नुवाकोट, पञ्चकन्या, हावाघर खहरेबजार अरु पनि थुप्रैमा सम्पन्न भइसकेका छन् ।

युवाले त साथ दिएका देखिएनन् ?
युवाहरु जागरुप छ किनकि उनिहरुले जागिर खाएको हुन्छ पढ्ने, काम गर्ने हुन्छ तर वेलुकामा धेरै युवाहरु सुन्न आउँछ । वद्धाहरुको फुसद अलिबढी हुन्छ त्यसैले बृद्धाहरु धेरै हुन्छ ।

तपाईको भावी योजना के के छन् ?
मेरो भावी योजना भनेको नेपाललाई धार्मिकमय बनाउने विश्व मानै धार्मिक स्थल नेपाल हो भनेर चिनाउने विश्वभरिको मानिसहरु नेपाल घुम्न आउने बनाउने हो । नेपाल भरत जिले राज्य गरेको ठाउँ हो, त्यसैले नेपाल देवभुमी हो ।

स्वर्गमा रहनु भएको देवि देवता पनि नेपाल आउँछन् चाहान्छ, भने पृथ्वीमा रहेका हामी मानव जाती नेपाल नटेकी नहुने भुमी हो, राज्यले यस विषयमा सोच्नु पर्छ । नेपाल देवभुमि भएको जागरण हरेक नेपालीको मनमा पुर्याउने हो ।

नेपाललाई धार्मिकमय बनाउन सम्भव छ त ?
सम्भव छ, अहिले हाम्रो धर्मावलम्बीहरुले अरुलाई बुझाउन सकेन, आफुमा नै सिमित राखे, प्रचार प्रसार गर्न सकेनन् र अरुले प्रचार प्रसार गर्यो र हमीले युवाहरुलाई जागरुप बनाएर सबै जातजातिलाई सस्कृति पढाउने त्यसपछि सबै धार्मिकमय बनाउने देवभुमी नेपाललाई धर्मिकमय बनाउने ।

मन्दिरै मन्दिरको देश भनेर चिनिने नेपाललाई धार्मिक विभेदमा परिणत गर्ने खेलहरु पनि जागरुक भएको देखिन्छ । नेपाल देवभुमिको देश हो हरेक ठाउँ हरेक गल्लीमा धार्मिक स्थलको नाम सगँ जोडिएको हुन्छ । त्यसैले हिन्दुधर्म नेपालीको धर्म हो ।

अन्त्यमा भन्नै पर्ने कुरा छुटेका छन् कि ?
म अन्तिममा के भन्न चाहान्छु भने हामीले धादिङमै चारधाम बनाउन एउटा महत्वपुर्ण अभियान सुरु गरेका छौ । अनुमानित ५० करोड लागतबाट बन्ने चारधाम त्रिशुली किनारमा बन्ने छ ।

यसका लागि देश विदेशमा रहने नेपाली सामु अभियानलाई पूर्णता दिन सबैमा अनुरोध गर्दछु । विश्व भागवत धाम नेपालको चार धाम, भागवत अस्पताल, संस्कृत पाठशाला, धर्मशाला, वृद्घाश्रम, वालाश्रम, योगशाला, गौशाला निर्माण गर्ने पबित्र यस उदेश्य सबैले हातेमालो गरौँ ।