जुम्ला,बैशाख ३१। जिल्लाको गुठिचौर गाउँपालिका ३ मा जंगल बचाउनको लागि एक घर एक ग्यास चुलो उपलव्ध गराइएको छ ।
गाउँपालिकाको अनुदान सहयोगमा गज्र्याङ्गकोट गाउँमा ग्याँस चुलो वितरण गरिएको हो । दाउराको खपत घट्ने भएकाले वन फँडानी हुनबाट जोगिने स्थानीयको विश्वास छ । मानव स्वास्थ्यमा प्रतिकूल असरवाट बचाउन ग्याँस चुलो प्रयोग गर्न वडाअध्यक्ष प्रेम बुढाले स्थानीयवासीलाई आग्रह गरे। गुठिचौर गाउँपालिका वडा नम्बर ३ का ३ सय ७१ घरपरिवारले ग्याँस चुलो पाएका छन्।
३ नम्बर वडा कार्यालयले २४ लाख र ४ लाख स्थानीयको सहयोगमा ग्याँस चुलो खरिद गरिएको थियो । निरन्तर रुपमा भइरहेको बनको बिनासलाई रोक्नको लागि घर घरमा ग्याँस चुलो वितरण गरिएको वडाध्यक्ष बुढाले बताए । सित्तैमा एउटा ग्याँस चुलो र भरिएको ग्यास सिलन्डर पाएपछि गाउँलेहरु हर्षित भएका छन्।
तीन नम्वर वडाले सबैको घरमा ग्यास सिलिण्डर र चुलो उपलव्ध गराएर जंगल बचाउने अभियान थालेको हो। गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउने भएपछि स्थानीय दंग छन । स्थानीय राजु कामी धुवाँरहित वडा बनाउनको लागि ठूलो सहयोग पुगेको बताउँछिन् ।
वर्षौंदेखि धुवाँले आँखा पिरो हुँदासम्म खाना पकाउन बाध्य थियौु, उनले भनिन, अहिले ग्याँस चुलोमा खाना पकाउन पाउँदा खुसी छौ । गुठिचौर गाउँपालिका वडा नम्वर ३ गज्र्याङ्गकोट गाउँका ३ सय ७१ घरमा ग्याँस चुलो वितरण गरिएको हो ।