अशोको ‘मन बिनाको धन’

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २७, २०७५

काठमाडौ,बैशाख २७। भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’यूट्यूवमा आएलगत्तै चर्चित बनेको छ ।
आफ्नो पाँच वर्षका छोरालाई टंक संगीत सिकाइरहेका छन् । उनका केही गीतहरु यूट्यूवमा समेत आइसकेका छन् ।

चाँडै नै छोराको स्वरमा यो गीत रेकर्ड गराउने उनको योजना थियो । तर यही बीचमा आए अशोक दर्जि ।

आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आएको छ ।

गीतमा आएका प्रतिक्रियाहरुबाट दंग छन् संगीतकार टंक बुढाथोकी । आफूले सोचेभन्दा पनि राम्रो रेस्पोन्स पाएको उनी बताउँछन् ।
अशोकको गड गिफ्टेड भ्वाइस नै उच्च क्वालिटीको छ । त्यसलाई सुरमा ढालेर मैले प्रस्तुत गरेँ । सबैले एकदमै मन पराइदिनुभएको छ । अत्यन्त खुशी छु,’ उनले भने ।

यो गीतका शब्दहरु बिराज नेपालका हुन् । उनले धेरै वर्षअगाडि यो गीत टंकलाई दिएका रहेछन् । टंकले त्यतिबेला देखि रेकर्ड नगरी आफ्नो छोराका लागि साँचेर राखेका थिए ।

डिजे रुपकले अशोकलाई झापाबाट टिपेर काठमाडौं ल्याए र टंकको जिम्मा लगाए । टंक उनलाई फिट हुने गीतको खोजिमा लागे । कस्तो गीत दिने भन्ने उनलाई अन्योल भयो ।

पहिले निकै उत्ताउला अशोक अहिले केही ज्ञानी भएका छन् । स्कुल जान थालेपछि केही अक्षरहरु पनि चिन्न थालेका छन् । अहिले उनर्लाइ गायनमा भन्दा पढाईमा फोकस गरिने टंक बताउँछन् । साथै उनको परिवार अति विपन्न भएकाले उनीहरुको आर्थिक अवस्थामा पनि सपोर्ट गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । यसका लागि उनले सबैसँग आर्थिक सहयोगको आह्वान गरेका छन् ।

‘रोमान्टिक गीत गाउन उमेर पुगेको थिएन, बाल गीत दिउँ भने उसका सबै फ्यानहरुको चित्त नबुझ्न सक्थ्यो,’ उनले भने । अन्ततः उनले आफ्नै छोराको लागि साँचेको गीत अशोकलाई दिने निर्णय गरे ।

अशोक एकातिर अक्षर नचिन्ने । अर्कोतिर सुर(तालको ज्ञान नभएको । टंकलाई निकै गाह्रो भएको थियो । पहिलो दिन उनले अशोकलाई स्टुडियोमा लगेर प्राविधिक कुराहरु बारे जानकारी गराए । दोस्रो दिन अशोककी प्रिय गायिका मेलिना राईलाई बोलाएर भेटाए र तेस्रो दिन मात्र अशोकको गीत रेकर्ड गराए । आफ्नो सानो छोरालाई संगीत सिकाइरहेको अनुभवले अशोकलाई सिकाउन सहयोग गरेको टंक बताउँछन् ।